
नेपालवाणी / जनकपुरधाम
सम्वादका लागि फोन गर्नासाथ ममताले भनिन, ‘म उम्मेदवार होइन नि !’
हामीलाई थाहा छ भनेपछि उनी सम्वादका लागि तयार भईन् । उनी पहिलो पटक नेपाली काँग्रेसका लागि महोत्तरीको बलवा नगरपालिकाकी सर्वसम्मत उम्मेदवार थिईन । तर, पार्टीको जातीय र गुटको कारण टिकट खोसियो र काँग्रेसकै अन्य व्यक्ति उम्मेदवार बनेका छन् । तर, काँग्रेसकी जिल्ला सदस्य रहेकी ममताले ‘म उम्मेदवार होइन’ भन्दै स्पष्टीकरण मात्र दिएर पुगेको छैन, ‘बलवामा काँग्रेसको मेरो उम्मेदवार हो’ भनेर चिनाउँदै हिँड्नु परेको छ ।
उनकै शब्दमा उनी यो स्थानीय तहको निर्वाचन रुपी महाभारतका कृष्ण हुन् भने बलवा प्रमुख–उपप्रमुख प्रत्यासी विनोद यादव र रामदुलारी ठाकुर अर्जुन ! उनको यो तर्क यस अर्थमा जायज छ कि बलवा नगरपालिकाको जितहारमा काँग्रेसकै निर्भर छ । त्यहाँ हारे ममताले पार्टीमा अन्तरघात गरेर हराईन भन्ने भन्न बेर लाउँदैन । जिते त ठीकै छ, त्यसैले बिद्रोह गरेर काँग्रेसलाई हराईन भनेर कंलक बोक्नु भन्दा बरु पार्टीसंगै हिडेर जिताउन लागि प¥या छु ।
ममताको खोसिएको सपना
वि.सं. २०६६ सालमा स्कुले जीवनसंगै नेपाल विद्यार्थी संघको राजनीतिमा होमिएकी ममता विद्यार्थी हुँदै पार्टी राजनीतिमा आए । महोत्तरीकी रैथाने उनी राजनीतिक शास्त्रमा स्नाकोत्तर गरेसकेकी छिन् । बीए एलएलबीका विद्यार्थी रहेकी ममता २०७३ भदौंमा नेविसंघ संघका महाधिवेशन प्रतिनिधि हुँदै काठमाण्डौं ११ औं महाधिवेशनबाट केन्द्रिय सदस्यमा सबैभन्दा सर्वाधिक मत ल्याएर विजयी भएकी थिईन् । ०७४ को स्थानीय तह निर्वाचनमा पनि ममताले नै टिकट पाउने कुराको सहमति भएको थियो । तर त्यतिबेला पनि नेत्री किरण यादवले आफ्नो जोडबलमा राम दुलारी ठाकुरलाई टिकट दिइन् । जो निर्वाचनमा भारी मतले पराजित भईन् ।
०७० सालकै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्लाबाट समानुपातिक सांसदको सुचिमा ममताको नाम सिफारिसमा प¥यो । ममताले सम्झिदै भनिन, ‘त्यो बेलामा समाुनपातिक सुचिमा मेरो नाम त अटायो तर अन्ततः मेरो भाग्य ठीक थिएन । टुङ्गो लगाएर निर्वाचन आयोगमा पठाएको नाम फेरी फिर्ता आयो । दुर्भाग्य मेरो के भयो भने उमेरको छेकबारले निर्वाचन आयोगमा पुगेको मेरो नाम फिर्ता पठाईदियो । सांसद बन्न २५ वर्ष अनिवार्य हुन्छ, तर मेरो केही महिना घटि थियो, अनि सांसद हुन पाईन् ।’
अध्ययन, पार्टी राजनीतिक र घरपरिवारलाई एकसाथ हाक्दै आएकी ममताले अघिल्लो निर्वाचनमा आफुलाई टिकट नदिएपनि काँग्रेस जिताउन बलवा देखि लोहारपट्टी नगरपालिकामा अहोरात्र खटिएको सम्झिन्छिन् । ‘सिंगो पार्टी पंक्तिको मेहनतको फलले अघिल्लो स्थानीय चुनाव म खटिएको दुवै नगरपालिकामा विजयी भयो । काँग्रेसले नगरपालिका सहित अधिकांस वडाहरु जित्यो ।
कसरी लागयो उपमेयरमा बिराम !
जिल्ला सभापति सहित पूर्व सभापतिहरु उपमेयरमा सर्वसम्मत ममताको नाम सिफारिस गरेपछि बधाईको ओइरो थियो । नेपाली कांग्रेसको मधेश प्रदेश समितिले ममतालाई उपमेयरको टिकट टुंगो लगाईसकेपछि झनै समाजिक सञ्जाल देखि फोनमा बधाईको ओइरो थियो । काठमाण्डौंमा स्थानीय निर्वाचन घोषणा समितिको बैठकमा हुँदा समेत उपमेयरको टिकट ममताले पाउने सुनिश्चित भइसकेपछि प्रत्यक्ष तथा भेटेरै समेत नजिकका साथी भाई र पार्टी पंक्तिका शिर्षस्थ नेताहरुले नै बधाइ दिएका थिए ।
कांग्रेसी नेता–कार्यकर्ता मात्र होइन, अन्य पार्टीका समर्थकरुबाट पनि बधाई ओइरो थापिनसक्नु थियो । जिल्ला समितिबाट सर्वसम्मतले आफ्नो नाम सिफारिस हुँदा ममता पनि ढुक्क थिइन्, उपमेयरको टिकट पाउनेमा । प्रदेश समिति सदस्यीय बोर्ड र महोत्तरीबाट प्रतिनिधित्व गर्ने चारजना केन्द्रीय सदस्यहरु महेन्द्र राय, मन्जु यादव, नगिना यादव र कल्याण गुरुङबीच पनि ममतालाई नै टिकट दिनुपर्नेमा सर्वसहमति भएको थियो । ’प्रदेश सभापति कृष्ण यादवले सोमबार बिहान ७ बजे जनकपुर स्थित प्रदेश कार्यालयमा म संगै जिल्ला सभापति नागेश्वर यादवलाई बोलाएर उपमेयर ममतालाई दिनुपर्छ भनेर हस्ताक्षर गरेको खाली टिकट थमाए । त्यतिबेला म पनि संगै थिए । त्यसमा मेरो मात्र नभई अन्य पालिकाहरुको टिकट पनि थियो ।’
अघिल्लो चुनावमा पनि ममतासँग अन्याय भएको छ, अब जसरी पनि ममताले नै टिकट पाउनुपर्छ,’ सभापति कृष्णको भनाइ उद्धृत गर्दै ममताले भनिन् । ‘त्यतिबेला जिल्ला सभापति नागेश्वरले पनि निष्पक्ष रूपमै टिकट दिने प्रतिवद्धता जनाए । यति भएपछि म टिकट पाउनेमा ममता विश्वस्त भए । तर, सोमबार मनोनयन दर्ता गर्नुअघि मैले थाहा पाइन–टिकट खोसिएर अर्कौलाई दिईएको रहेछ’ उनले भनिन, ‘जिल्ला सभापति नागेश्वरले टिकट बुझिसकेपछि प्रदेश कार्यालयमा सँगै रहेकी ममतालाई टिकट नदिएर महोत्तरीकै लोहारपट्टी नगरपालिकाका निवर्तमान मेयर शैलेन्द्र यादवको जनकपुर स्थित घरमा टिकट दिने कुरा भयो । तर लोहारपट्टीका निवर्तमान मेयर शैलेन्द्रको घरमा पूर्व केन्द्रीय सदस्य किरण यादवले पहिल्यै देखि ममतालाई टिकट दिनु हुदैन, भन्नेमा मेयरहरु र किरणबीच आपसी सहमति भईसकेको थियो ।
मेयरको टिकट विनोद यादवले पायो तर पक्का भइसकेको मेरो उपमेयरको टिकट अरुलाई दिइयो ।’ आफ्नै अगाडी प्रदेशका सभापति कृष्ण यादवले दिएको टिकट नेपाली कांग्रेसकी पूर्वकेन्द्रीय सदस्य किरणले आफ्नो जोडबलमा खोसिदिए । ‘राजनीतिक प्रतिशोध साध्न किरणले आफ्नो टिकट जबरजस्ती खोसिदियो । म मेयरको घरबाट हत्तर हत्तर मेरो टिकट किन खोसियो भनेर सोधखोज गर्न नेत्री किरण यादवको घरमा पुगिन्, तर त्यहाँ अर्कै माहोल थियो । मेरो टिकट किन खोस्नुभयो भनेर सोधे, ‘उहाँले तिम्रो पावर चल्यो, नाम सिफारिस गरायौ । अब यहाँ मेरो पावर चल्यो मैले खोसिदिएँ । जे गर्नुछ गर भनेर जवाफ दिनुभयो’ उनकै शब्दमा यसरी जवाफ किरण यादवले फर्काए ।
अघिल्लो स्थानीय तह निर्वाचनमा पनि ममताले नै टिकट पाउने कुरा भएको थियो । तर, त्यतिबेला पनि नेतृ किरणकै जोडबलमा रामदुलारी ठाकुरलाई टिकट दिइएको ममताको देःखेसो छ । अघिल्लो चुनावमा पराजित भएकी उनै ठाकुरलाई यसपटक पनि टिकट दिइएको छ ।
क्षेत्रका केही सिमिति व्यक्तिहरुको एकतन्त्रिय शासन प्रणाली र अरुलाई वास्तै नगर्ने तथा राणा शैलीमा पार्टीलाई हाक्न खोज्दा क्षेत्रमा सबै स्थानीय पालिकाहरुमा नेपाली काँग्रेस निर्वाचित भएपनि प्रदेश र प्रतिनिधिसभामा सबै क्षेत्र पराजय भोग्नुपरेको ममताले सुनाईन् । ‘राणा भन्दा पनि ठूलो शासक जन्मिएको अनुभुत भैरहेको छ, यो नियोजित षडयन्त्रले कुनै व्यक्तिको स्वार्थ त पूरा होला, तर सिंगो नेपाली कांग्रेसको मूल्यमान्यता र विचारलाई कुल्चेर राणा शासनको शैलीमा जानु राम्रो होइन ।’
कांग्रेसको महोत्तरी जिल्ला अधिवेशनमा पनि मलाई हराउन हरसम्भव प्रयास भयो । ‘म महतो भएकै कारण बलवा नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयरको टिकट सर्वसम्मत मेरो नाममा हुँदा पनि अर्कैको उम्मेवारी गराएको हो ? नेत्री किरण यादव ज्यूले मलाई आफ्नो प्रतिस्पर्धीको रुपमा आँकलन गर्नुहुन्छ, त्यही भएर मलाई हरेक कुरामा पटक–पटक रोक्ने प्रयास हुन्छ’ ममताले भनिन् ।