नेपालवाणी / बटेश्वर
आसन्न स्थानिय निर्वाचनमा उम्मेदवारहरु घरदैलो कार्यक्रम तथा मतदाता लोभ्याउने विभिन्न अन्य कार्यक्रमहरु जोरतोडरले चलिरहेको छ । सोही भिडमा धनुषाको बटेश्वर गाउँपालिकाबाट माओवादी केन्द्रबाट अध्यक्ष पदमा पदम बहादुर लामा र उपाध्यक्षमा रेखा कुमारी महतोले उम्मेदवारी दिएका हुन् ।

चुनावी मैदानमा आ–आफ्नो पक्षमा उम्मेदवारहरु मतदाता लोभ्याउन कसरत गरिरहेका छन । गाउँ–गाउँ र टोलटोलमा मतदाता फकाउन उम्मेदवारहरुको तछाड–मछाड गरिरहेको छ । आकर्षक प्रतिबद्धता तथा बिभिन्न एजेन्डाका साथ मतदाताहरु आफ्नो पक्षमा मत पार्न विभिन्न एजेण्डाहरु लिएर उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।

महिलाहरुको अगुवा ‘रेखा दिदिलाई अमुल्य मत दिई भारी मतले बिजय बनाउँ, पदम बहादुरलाई जिताउ’ भन्ने गीतमा सबैले गाउँदै–नाच्दै घरदैलो कार्यक्रम गरिरहका छन् । रेखाको ईच्छाशक्ति हेर्दा मतदाताहरु पनि सबल, सक्षम र नेतृत्वदायी महिलाको भुमिका निर्वाह गर्ने सक्ने महिला आएकी भनेर मतदाताहरुको अनुहारमा आशाको किरण झल्किरहे छ । मतदाताले घर आँगनको सरकारको उपाध्यक्ष जस्तो नेतृत्वदायी पदमा आउँदा आफुहरुलाई नै गौरवको अनुभुति गरिरहेका छन् ।

रेखाको गृहणीसंगै आफनो गाउँ, टोल र समाजमा परिवर्तन महिलाको गर्दै आइरहेकी छिन् । उनी नेपाल सरकारको गरिबी निवारण कोषको महिला समुहमा नेतृत्व गरी महिला मार्ग दर्शकको रुपमा काम गरिरहेकी महिला हुन् । धनलक्ष्मी उद्यम सहकारी संस्थाका महिला समुहलाई ८ वर्षदेखि अध्यक्ष पदमा काम गरेको प्रगतिको पथमा लम्काउन महत्वपूर्ण भुमिका निर्वाह गरेकी महिला नेत्री हुन् ।

बटेश्वर गाउपालिका स्तरिय विभिन्न सहकारी समुहलाई एकिकृत गरि उत्पादनशिल संस्थाको रुपमा दिपज्योती दुध उत्पादक सहकारी संस्थाको अध्यक्ष भएर कार्य संम्पादन समेत गरेकी छिन् । बिगत १५ वर्षदेखि व्यवसायिक रुपमा कुशवाहा टपरी उद्योग कुशवाहा जेनरल स्टोर लगायत अन्य व्यापारीक प्रतिष्ठान तथा लघु उद्यम कार्यक्रम सञ्चालन गर्दै यहाँका महिला र युवालाई रोजगारमा लगाउन सकेकी छिन् ।

उनी महिलाहरुलाई अगाडि ल्याउनको लागि हरदम प्रयासरत रहदै आइरहेकी महिला हुन् । त्यति मात्र नभएर व्यवसायिक महिलाको रुपमा सफल उद्यमी बनेर समाजको ऐना बनेकी छिन् । बटेश्वर गाउपालिकाको खुल्ला दिसा मुक्त अभियानको अगुवा महतो पालिकाकै ठुलो बटेश्वर बजारमा सरसफाई अभियान संचालन गर्नुको साथसाथै डस्टविन बक्स राख्न प्रेरित गरेकी छिन् ।

उनी व्यक्तित्व विकास, नेतृत्व विकास, संहकारी व्यवस्थापन जस्ता अन्य विभिन्न विषयगत क्षेत्रमा तालिम प्राप्त छिन् । उनी सबल रुपमा घरपरिवार चलाउनुका साथै टोल समाज र गाउँ महिला उत्थानका लागि सदैव अगाडि रहदै महिला स्वयंमसेविका–समाजसेविकाको भुमिकामा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएकी हुन् ।

स्थानिय सरकारमा न्यायिक समिति, अनुगमन तथा मुल्याङन समिति जस्था अन्य कयौ समितिहरुको नेतृत्व उपाध्यक्षको काँधमा हुन्छ । जसको लागि उनको नेतृत्वले सफल र सक्षमा बनाउन उत्प्रेरित गर्छ । आम नागरिकको न्युनतम आधारभुत आवश्यकता शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, सेवाप्रवाह प्रशासन, पुर्वाधार तथा कृषिमा उत्कृट बनाइने साथै महिला, बालबालिका, जेष्ठ नागरिक, युवा, दलित तथा अल्पसंख्यक लगायत सबैलाई समेटने गरि विभिन्न कार्यक्रम संचालन गर्ने क्षमतावान महिलाको नेतृत्वलाई अब जिताउन आवश्यक छ ।

स्थानीय तहसँग जनताको जनजीवनलाई प्रत्यक्ष प्रभाव पार्ने काम, सेवा र सुविधा सिधै जोडिएका हुन्छन् । नेपालको संविधान लागु भए यता भएको पहिलो स्थानीय निर्वाचन २०७४ मा झिनो मतले पराजित भईकी रेखा अहिले निवार्चनमा जित्छु भने पुर्ण विश्वस्त छिन् ।


२०७९ बैशाख २४, शनिबार १०:२२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय