
नेपालवाणी / बटेश्वर
जनसमुदायको विशाल हिस्सालाई आर्थिक, सामाजिक विकासको साझेदार बनाउने र उनीहरुलाई प्रतिफलको साझेदार बनाउने लक्ष्यका नेकपा (एकिकृत समाजवादी) स्थानीय तहको निर्वाचनमा परिचालित भएको बटेश्वर गाउँपालिका अध्यक्षका उम्मेदवार रामप्रबोध महतो (प्रमोद)ले बताएका छन् । उनले स्थानीय तहको अधिकतम् परिचालन र गाउँ–गाउँमा सिंहदरबारको नारालाई व्यवहारिक रुपमा कार्यान्वयन गराउने लक्ष्यका साथ चुनावी मैदानमा होमिएको बताएका हुन् ।
जनताको घर–आँगनको सरकार स्थानीय तह बलियो, सक्षम र जनमैत्री हुनुपर्ने विषयलाई महत्वका साथ ‘सामाजवादोन्मुख समृद्धिका लागि नेकपा ‘एकिकृत समाजवादी पार्टी’ मतदान गर्न आग्रह गरे । ‘विशेषगरी बिभिन्न आन्दोलनहरुको उपलब्धिलाई रक्षा र सामाजिक न्याय सहित आर्थिक–सामाजिक रुपान्तरण नै समाजवादोन्मुख समृद्धिको सार भएको विषयलाई महत्व दिएका छौं । सामाजिक न्याय सहितको आर्थिक विकास र राष्ट्रिय स्वाधीनताको थप सुदृढीकरण समाजवादोन्मुख समृद्धिका दुई मुख्य पिलर हो । समाजवादको परम्परागत मोडेलप्रति उदासिन र बजारका एकाधिकारबाट पीडित हुँदै निराशा र निमुखा बन्दै गएकाहरुलाई विकास मोडेलबाट नै समाजवादोन्मुख समृद्धि सम्भव छ भन्नेमा जनतामा दिलाउन र घर–घरमा सरकारकोे प्रत्याभुत गराउनु छ ।’
’आधारभूत स्वास्थ्य सेवा र विद्यालय शिक्षा निःशुल्क प्रदान, खाद्य सुरक्षा, आवास, रोजगारी, स्वच्छ वातावरण, जातीय, क्षेत्रीय एवं लैङ्गिक समानता लगायत मौलिक हकको कार्यान्वयन गराउने विषयलाई प्रमुख रुपमा उठाएका छौं । उम्मेदवार महतोले भने, ‘प्रतिगमनकारी शक्तिलाई पराजय, राष्ट्रिय स्वाधीनताको सुदृढीकरण र सामाजिक न्याय सहितको आर्थिक विकासका लागि आफ्नोे नेतृत्व वर्तमानमा अपरिहार्य छ । त्यसका लागि ‘समाजवादोन्मुख समृद्धि ः आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि’ लाई मुल विषय बनाइनेछ ।’
महतोले बटेश्वर गाउँपालिकामा सार्वजनिक, सामुदायिक (सहकारी) र निजी क्षेत्रको पहलकदमी र सहकार्यमा आधारित आर्थिक विकासको ढाँचामा समाजवादोन्मुख समृद्धिको परिकल्पनाका साथ यहाँका जनताको घलदैलोमा सेवा पु¥याउने प्रतिबद्धता समेत जाहेर गरे । उनले भने, ‘नागरिकका आधारभूत आवश्यकता परिपूर्ति र गरिबी निवारण, वस्तु तथा सेवाको सहज आपूर्ति, उत्पादनमुखी अर्थ व्यवस्थाको निर्माण, रोजगारीका अवसर सिर्जना, वातावरण मैत्री विकास पूर्वाधार, आर्थिक सामाजिक तथा वातावरणीय विकासको सन्तुलन आदि विकासका नीति र प्राथमिकता रहेको छ ।’