
नेपालवाणी / जनकपुरधाम
जनसमुदायको विशाल हिस्सालाई आर्थिक, सामाजिक विकासको साझेदार प्रतिफलको साझेदार बनाउने लक्ष्यका साथ स्थानीय तहको निर्वाचनमा परिचालित भएको शहिदनगर नगरपालिका उम्मेदवार उदय कुमार बरबरियाले बताएका छन् । उनले स्थानीय तहको अधिकतम् परिचालन र गाउँ–गाउँमा सिंहदरबारको नारालाई व्यवहारिक रुपमा कार्यान्वयन गराउने लक्ष्यका साथ चुनावी मैदानमा दोश्रो पटक होमिएको बताएका हुन् ।
जनताको घर–आँगनको सरकार स्थानीय तह बलियो, सक्षम र जनमैत्री हुनुपर्ने विषयलाई महत्वका साथ ‘सामाजवादोन्मुख समृद्धिका लागि नेकपा माओवादी केन्द्रमा मतदान गर्न आग्रह गरे । बरिबरियाले भने, ‘विशेषगरी विभिन्न आन्दोलनहरुको उपलब्धिलाई रक्षा र सामाजिक न्याय सहित आर्थिक–सामाजिक रुपान्तरण नै समाजवादोन्मुख समृद्धिको सार भएको विषयलाई महत्व दिएका छौं । सामाजिक न्याय सहितको आर्थिक विकास र राष्ट्रिय स्वाधीनताको थप सुदृढीकरण समाजवादोन्मुख समृद्धि, समाजवादको परम्परागत मोडेलप्रति उदासिन र बजारका एकाधिकारबाट पीडित हुँदै निराशा र निमुखा बन्दै गएकाहरुलाई विकास मोडेलबाट नै समाजवादोन्मुख समृद्धि सम्भव छ भन्नेमा जनतामा दिलाउन र घर–घरमा सरकारकोे प्रत्याभुत गराउनु छ ।’
‘आधारभूत स्वास्थ्य सेवा र विद्यालय शिक्षा निःशुल्क प्रदान, खाद्य सुरक्षा, आवास, रोजगारी, स्वच्छ वातावरण, जातीय, क्षेत्रीय एवं लैङ्गिक समानता लगायत मौलिक हकको कार्यान्वयन गराउने विषयलाई प्रमुख रुपमा उठाएका छौं । उम्मेदवार बरबरियाले भने, ‘प्रतिगमनकारी शक्तिलाई पराजय, राष्ट्रिय स्वाधीनताको सुदृढीकरण र सामाजिक न्याय सहितको आर्थिक विकासका लागि आफ्नोे नेतृत्व अपरिहार्य छ । त्यसका लागि ‘समाजवादोन्मुख समृद्धि ः आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि’ लाई मुल विषय बनाइनेछ ।’
निवर्तमान मेयर समेत रहेका बरबरियाले सार्वजनिक, सामुदायिक (सहकारी) र निजी क्षेत्रको पहलकदमी र सहकार्यमा आधारित आर्थिक विकासको ढाँचामा समाजवादोन्मुख समृद्धिको परिकल्पनाका साथ यहाँका जनताको घलदैलोमा पुनः एकपटक सेवा पु¥याउने प्रतिबद्धता समेत जाहेर गरे । उनले भने, ‘नागरिकका आधारभूत आवश्यकता परिपूर्ति र गरिबी निवारण, वस्तु तथा सेवाको सहज आपूर्ति, उत्पादनमुखी अर्थ व्यवस्थाको निर्माण, रोजगारीका अवसर सिर्जना, वातावरण मैत्री विकास पूर्वाधार, आर्थिक सामाजिक तथा वातावरणीय विकासको सन्तुलन आदि विकासका नीति र मेरो प्राथमिकता छ ।’
माओवादी केन्द्रका प्रदेश सदस्य समेत रहेका बरबरियाले समूह, सहकारी, परिवार मार्फत आम जनतालाई आर्थिक विकासको साझेदार बनाउने र प्रतिफलमा यथोचित प्रतिफलको सुनिश्चितता गर्दै समृद्ध र समानतामूलक समाज निर्माण गर्ने बताए । उनले भौतिक विकासलाई आर्थिक विकासको आधारसँग जोड्ने गरी विकास–समृद्धि र सामाजिक न्यायको केन्द्रमा बहुसंख्यक जनताको हित र प्रगति अन्तरनिहीत रहने विषयलाई आत्मसात गर्ने बताए । ‘एक पालिका, एक विशेष उत्पादन, एक वडा एक विशेष पहिचान’को नारासाथ निर्वाचनमा निर्वाचत केन्द्रित छौं । शिक्षा, स्वास्थ्य, उद्यमशीलता, रोजगार तथा मानव संशाधन विकास, पूर्वाधार, पर्यटन, खेलकुद, सहरी स्वच्छता, नगरको सुशासनलाई प्राथमिकतामा राखिनु त्यसैको बलियो उदाहरण हो । सुशासन, शिक्षा, स्वास्थ्य, सडक, सिचाई सहितको अवधारणालाई लिएर अघि बढ्ने प्रयत्न प्रतिबद्धता गदछौंं ।’