नेपालवाणी / यदुकूहा

नेपाली कम्युनिष्ट आन्दोलनमा पनि कहिल्यै नमेटिने यदुकुहामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावीसभाको सम्बोधन गर्ने भएका छन् ।
पञ्चायती व्यवस्था विरोधी आन्दोलनको क्रममा ०४६ साल फाल्गुन ९ मा यदुकुहामा आन्दोलनकारीहरु माथी प्रहरीको निर्मम गोली प्रहारबाट जानकी देवी, मुनेसरीदेवी, सोनावती देवी, उदयशंकर मण्डल र रामनारायण मण्डलको शहादतले किर्तिमान नै खडा गरेको यदुकूहामा प्रचण्डले मेयरका उम्मेदवार उदय कुमार बरबरिया (यादव) र उपमेयर रेखा कुमारी मण्डलको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा माओवादी केन्द्रका राष्ट्रिय अध्यक्ष प्रचण्ड दिउँसो ३ बजे हेलिकप्टर मार्फत यदुकूहा आउन लागेका हुन् । मँगलबार दिउँसो ३ बजेदेखि नै हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । गत वि. सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा भारी मतले निर्वाचित भई पुनः मेयर पदमा उम्मेदवारी दिएका बरबरियाको चुनावी सभामा हजारौँको सँख्यामा शहिदनगरवासी ओर्लिने दाबी गरेका छन् ।

यदुकूहा स्थित रहेको उच्च मावि यदुकुहाको प्राँगनमा हेलिकप्टर ल्याण्ड गरिने जनाइएको छ । प्रचण्डको स्वागतको सम्पूर्ण तयारी समेत भएको जनाइएको छ । अनेक स्मृति र संंस्मरणहरुमा गर्विलो ईतिहास बोकेका ठाउँ यदुकुहाकामा वि.स. २०२८ सालको शैक्षिक आन्दोलनको रगतबाट यदुकुहाको महत्व हालको दिनमा आकाशिएको भुमीमा गरिब, विपन्न, दलित तथा निमुखा वर्गका लागि विशेष योजना ल्याएको निवर्तमान मेयर उदय कुमार बरबरिया (यादवले) दाबी गरे ।


२०७९ बैशाख २७, मंगलवार ०७:५७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय