
नेपालवाणी / जनकपुरधाम ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको गृहनगर नगराइन नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको गृहनगरमा नेपाली काँग्रेसबाट नगरप्रमुख पदका उम्मेदवार विनय कुमार यादवले अग्रता लिएको छ ।
नगराइन नगरपालिका १ को ताजा मतपरिणाम अनुसार ४३६ मत गन्दा विनयले अग्रता कायम गरेक हुन् ।
विनयले २१५ मत प्राप्त गर्दा नेकपा एमालेका रामबाबु पजियारले १५४ मत प्राप्त गरेका छन् । त्यस्तै, लोसपा नेपालका उम्मेदवार राजु चौधरीले २२ मत पाएका छन् ।
उपमेयरमा भने नेपाली कांग्रेसकी रञ्जु कुमारी साहले १९४, नेकपा एमालेकी राधा देवी यादवले १६८ र लोसपाका उम्मेदवार उर्मिला देवी मण्डलले १४ मत ल्याएकी छन् ।