लमजुङ  : लमजुङ मध्यनेपाल नगरपालिकामा टिपर दुर्घटना हुँदा घटनास्थलमै चालकसहित चार जनाको मृत्यु भएको छ ।

मध्यनेपालस्थित भोर्लेटारबाट आज दिउँसो साढे तीन बजेतिर सोही पालिकाको वडा नं ७ तर्फ आउँदै गरेको बा४ख ७७८१ नंको टिपर सोही वडाको सेतीखोला नजिकै खस्दा चालकसहित चारजना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मध्यपहाडी लोकमार्गको उक्त टिपर सोही मार्ग निर्माणका लागि ढुङ्गा लोड गरेर ल्याउने क्रममा बाटो साँघुरोका कारण सडकबाट ३० मिटर तल खसेको छ ।” धादिङ जिल्ला गजुरी गाउँपालिका घर भई सो मार्गमा काम गर्दै आएका उक्त सवारीका चालक अन्दाजी २७ वर्षीय आकाश घिमिरेको मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । अन्य तीन जनाको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तीन जनाको सोही टिपरले च्यापिएर मृत्यु भएको छ । यतिबेला उनीहरुको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ । सबै जना सोही मार्गमा काम गर्ने मजदुर रहेको बताइएको छ । मृतक चार जनाकै शरीरको विभिन्न स्थानमा चोट लागेर मृत्यु भएको छ । file photo

२०७९ जेष्ठ १५, आईतवार १८:०९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय