काठमाडौं : अभिनेता तथा चर्चित युवा ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले २ वर्ष १० महिना लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । शुक्रवार विहान १० बजेदेखि दरबारमार्गस्थित पाँचतारे होटल याक एन्ड यतिमा उनीहरुको विवाह समारोह चलिरहेको छ । विवाहमा दुलहा र दुलही पक्षका परिवार र आफन्तसँगै उनीहरु निकट केही फिल्मकर्मीहरु मात्र सहभागी छन् ।

औंठी साटासाटको क्रममा खिचिएको तस्विरमा हरिहर ढाकाको दौरा-सुरुवालमा ठाटिएका छन् भने नीता रातो रंगको लेहंगामा धपक्क बलेकी छन् । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पाएको खुशी उनीहरुको अनुहारमा झल्किन्छ । उनीहरु गहिरो प्रेममा रहेको चर्चा सञ्चारमाध्यममा लामो समयदेखि चल्दै आएको भएपनि यो धार्मिक जोडीले कहिल्यै प्रेम सम्बन्ध खुलेर स्वीकार गरेन ।

नीता र हरिहरले आइतवार साँझ होटल याक एन्ड यतिमै रिसेप्सन पार्टी दिँदैछन् । उनीहरुको रिसेप्सन पार्टीमा भारतबाट ‘गजनी’ भिलेन तथा साउथका चर्चित कलाकार प्रदीप रावत नेपाल आउने जानकारी प्राप्त छ । नीता र हरिहरले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा प्रदीपले मुख्य भूमिकामा अभिनय गर्दैछन् । नीताले प्रदीपसँग भोजपुरी फिल्म ‘माही’मा अभिनय समेत गरेकी छन् ।

नीताले बाल कलाकारको रुपमा अभिनय करिअर सुरु गरेकी हुन् । लिड अभिनेत्रीको रुपमा फिल्म ‘नोटबुक’बाट डेब्यू गरेकी उनले ‘मसान’, ‘६ एकान ६’, ‘हाम्रो माया जुनी जुनीलाई’, ‘निभर्य’, ‘साइनो’ लगायतका फिल्ममा अभिनय गरिसकेकी छन् । त्यस्तै, हरिहरले फिल्म ‘शुभ लभ’बाट नायकको रुपमा डेब्यू गरेका हुन् । अब हरिहर र नीता फिल्म ‘ह्रस्व दीर्घ’मा एकसाथ देखिँदैछन् ।

harihar and neeta(1)

२०७९ असार २६, आईतवार ०९:२५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!