काठमाडौं : काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहोर संकलनका लागि तालिका सार्वजनिक गरेको छ।

महानगरपालिकाले सूचना जारी गरी आइतबार र बुधबार कुहिने फोहर संकलन गर्ने बताएको छ। नकुहिने फोहोर सोमबार र शुक्रबार उठाइने छ।

तोकिएबमोजिम फोहोर व्यवस्थापनका लागि सहयोग गर्न महानगरले सर्वसाधारणलाई आग्रह गरेको छ। महानगरपालिकाले एक महिनाअघि नै सूचना जारी गरी फोहोर वर्गीकरण गर्नेबारे नगरवासीलाई जानकारी गराएको थियो।

तोकिएको दिनमा वर्गीकरण नगरेको फोहोर संकलन गर्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप ५०० रुपैयाँ जरिवाना गर्ने चेतावनी दिएको छ। महानगरको वातावरण विभागकी प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहोर व्यवस्थापन गर्न सहज हुनेछ।

कामपाको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने पनि महानगरले जनाएको छ।

putali_sadak_fohar_nepalvani (1)

२०७९ असार ३२, शनिबार १०:२५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!