भरतपुर : चितवनको भरतपुर महानगरपालिका–१९ का वडा सदस्य राजकुमार गुरुङको गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ।

मङ्गलपुरबाट रामपुरतर्फ जाँदै गरेको वडा सदस्य गुरुङ चढेको ग २ च ९०६२ नंको गाडीले भरतपुर महानगरपालिका–१५ शीतलचोक नजिक विपरीत दिशाबाट आउँदै गरेको बा ३३ प १४५५ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा सवार कालीबहादुर गणमा कार्यरत अमल्दार ३३ वर्षीय सुरज गुरुङको मृत्यु भएको हो।

दुर्घटनामा घाइते सुरजलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो। तनहुँको व्यास नगरपालिका–१२ का सुरजको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

कार र चालक वडा सदस्य प्रहरीको नियन्त्रणमा रहेका छन्। वडा सदस्य गुरुङले मादक पदार्थ सेवन गरेको पाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले जानकारी दिए। पक्राउ परेका गुरुङ हालै मात्रै नेकपा (एमाले) बाट वडा सदस्यमा निर्वाचित भएका हुन्।

२०७९ श्रावण २, सोमबार ०९:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय