काठमाडौं : सर्वाधिक चर्चामा रहेको चलचित्र ‘प्रेमगीत ३’ चीनमा पनि प्रदर्शन हुने भएको छ । हिन्दी भाषामा भारतभर प्रसारण हुने यो फिल्म अब चिनियाँ भाषामा चीनमा पनि रिलिज हुने भएको हो ।

फिल्म चीनमा प्रदर्शन गर्नका लागि मुम्बईमा वितरण कम्पनीहरू यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेकोसमेत निर्माण पक्षले जानकारी गरायो ।

यूएफओले नै चलचित्र चिनियाँ हलहरुमा फिल्म प्रदर्शन गर्ने छ । चलचित्रमा अभिनेता प्रदीप खड्कासँगै कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहेको छ ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्नुभएको फिल्म नेपाल र भारतमा असोज ७ गते रिलिज हुने तयारीमा रहेको छ ।

२०७९ भाद्र १, बुधबार १८:२२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय