मुम्बई : बलिउडकी फेसन डिभा सोनम कपूर आमा बनेकी छन् । सोनमले शनिवार इन्स्टाग्राममार्फत् आफूले छोरालाई जन्म दिएको खुसी साटेकी हुन् । मुम्बईको एक निजी अस्पतालमा उनको डेलिभरी भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सोनमले गत मार्चमा आफू आमा बन्न लागेको बताएकी थिइन् । सन् २०१८ मा उनको विजनेशम्यान आनन्द आहूजासँग विवाह भएको थियो ।

सोनम कपूर र आनन्द आहूजाले इन्स्टाग्राममा शेयर गरेको स्टेटमेन्टमा लेखिएको छ, ‘आज हामीले सुन्दर बच्चालाई स्वागत गर्‍यौं । सबै डाक्टर, नर्स, साथी र परिवारलाई धन्यवाद, जसले यो यात्रामा हामीलाई साथ दिए । यो त सुरुवात हो तर, हामी जान्दछौं कि हाम्रो जीवन सधैंका लागि बदलिएको छ ।’ यो जोडीलाई सामाजिक सञ्जालमा बलिउड हस्तीहरुबाट बधाईको ओइरो लागेको छ ।

सोनमका पिता तथा अभिनेता अनिल कपूरले पनि छोरी आमा बनेकोमा खुसी प्रकट गरेका छन् । उनले सोसल मिडियामा लेखेका छन्, ‘आज हाम्रो परिवारमा एक नयाँ सदस्यको प्रवेशले खुसी छौं । सोनम र आनन्दलाई हेल्दी बेबी बोय भएको छ र म योभन्दा बढी खुसी हुन सक्दिनँ । मेरो दिल गर्वले फुलेको छ ।’ सोनमले पछिल्लो पटक फिल्म ‘एके भर्सेस एके’मा अभिनय गरेकी थिइन् ।

sonam kapoor 3

२०७९ भाद्र ५, आईतवार १७:४५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय