मुम्बई: बलिउड बक्सअफिसमा पछिल्ला दिनमा फिल्महरु फ्लप हुने क्रम जारी छ। ‘लाल सिंह चड्ढा’ देखि लिएर ‘रक्षाबंधन’ र ‘लाइगर’ सम्म आइपुग्दै सबै फिल्म फ्लप भइसकेका छन् । यसले निर्माता मात्र होइन, हल सञ्चालक पनि ठूलो घाटामा छन्।

यहीकारण आगामी सेप्टेम्बर ९ बाट रिलिज हुने रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र’ हेर्न चाहने दर्शकका लागि हल सञ्चालकले ७५ रुपैंयाँमै टिकट उपलब्ध गराउने भएका छन् ।

मल्टीप्लेक्स एसोसिएसन अफ इण्डिया (एमएआई) र देशभरका थिएटरले १६ सेप्टेम्बरको राष्ट्रिय सिनेमा दिवसको अवसर पारेर ७५ रुपैंयाँमा नै टिकट उपलब्ध गराउने निर्णय गरेका छन् । १६ सेप्टेम्बरमा ४ हजार थिएटर यो राष्ट्रिय सिनेमा दिवसको हिस्सा बन्दैछन्।

यो दिवस कोरोना महामारीपछि थिएटर खुलेको अवसर पारेर धन्यवाद दिनका लागि मनाइँदैछ ।

२०७९ भाद्र २१, मंगलवार ०८:४१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय