काठमाडौ : गायक कमल खत्री र गायिका मेलिना मैनाली वैवाहिक बन्धनमा बाधिने भएका छन् ।

आइतवार सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै मेलिनाले खत्रीसँग इन्गेजमेन्ट गरेको जानकारी गराएकी हुन् ।

उनले फेसबुकमा लेखेकी छिन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनकै सुखद पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस् ।

जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाजअनुसार इन्गेजमेन्ट गरेका छौँ ।’ कमल र मेलिनाको प्रेम सम्बन्धबारे सामाजिक सञ्जालमा चर्चा हुँदै आएको थियो ।

२०७९ भाद्र २८, मंगलवार ०७:१६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय