सिन्धुली : दसैं नजिकिएसँगै यहाँ चोरीका घटना बढ्न थालेको छ । जंगलमा चराउन लगेको खसी चोरी गरेर सिन्धुलीमाडी बजारमा बिक्री गर्न लागेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

कमलामाई नगरपालिका ५ सिलामेका शंकर श्रेष्ठको खसी चोरेर बजारमा ल्याई बिक्री गर्न लाग्दा प्रहरीले खसी र तीनजना चोरलाई पक्राउ गरेको हो । प्रहरी अनुसार पक्राउ पर्नेमा कमलामाई नगरपालिका ८ का २१ वर्षीय सुरेन्द्र घलान, २७ वर्षीय रामबहादुर वाइबा र अर्का एक जना रहेका छन् ।

चार दिनअघि जंगलमा चराउन लगेको खसी हराएपछि श्रेष्ठले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीकै आधारमा प्रहरीले खसी र चोरहरुलाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको सिन्धुली प्रहरीका डिएसपी हरिकृष्ण केसीले जानकारी दिए । प्रहरीले दसैं नजिकिएसँगै खसी तथा अन्य धनमाल चोरी गर्ने गिरोह सक्रिय हुने भएकाले सचेत रहन आग्रह गरेको छ ।

२०७९ आश्विन ३, सोमबार ०९:४४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय