अनिल कुमार साह / जनकपुरधाम

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि मधेश प्रदेशमा २३ हजार म्यादी प्रहरी खटाइने भएको छ ।

मधेशको आठ वटै जिल्लामा २३ हजार ७ सय ७१ म्यादी प्रहरी खटाइने मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जसमा सबभन्दा बढी धनुषामा ३ हजार ८ सय ८६ र सबैभन्दा कम पर्सा जिल्लामा २ हजार ७ जना खटाइने छ ।

मधेश प्रदेश प्रहरी प्रवक्ता सुमनकुमार तिमिल्सिनाका अनुसार सप्तरीमा ३ हजार २ सय ७८, सिरहामा २ हजार ८ सय ९, धनुषामा ३ हजार ४ सय ८६, महोत्तरीमा २ हजार ८ सय १ म्यादी प्रहरी खटाइने तयारी गरेको छ ।

यस्तै सर्लाहीमा ३ हजार ३ सय ७, रौतहटमा २ हजार ९ सय ३९, बारामा ३ हजार १ सय ४४ र पर्सामा २ हजार ७ जना म्यादी प्रहरी खटाने संख्या निर्धारण गरिएको छ ।

मधेश प्रदेशमा २३ हजार ७७१ म्यादी प्रहरीको लागि खोलेको भर्नामा ६२ हजार भन्दा बढीले आवेदन दिएका छन् ।

२०७९ आश्विन १०, सोमबार १०:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय