काठमाडौँ : एक खालको मधुमेह शरीरमा इन्सुलिनको कमीले गर्दा हुन्छ । यो मधुमेह बालबालिकामा धेरै पाइएको छ । वंशाणुगत कारणले पनि मधुमेह हुन्छ । यस्तो मधुमेहमा जीवनभर इन्सुलिन लगाइरहनुपर्छ ।यसैगरी अर्को प्रकारको मधुमेह ३५ वर्षको उमेर वा त्यो भन्दा अघिदेखि हुनसक्छ । यसका लागि औषधी सेवन गर्नुपर्छ । औषधीले काम गर्न छोडेको अवस्थामा भने इन्सुलिन नै दिनुपर्छ । स्वस्थ मानिसको शरिरमा सुगरको मात्रा खाली पेटमा ९० भन्दा कम र खानापछि १ सय ४० भन्दा कम भए उपयुक्त मानिन्छ । यसै विषयमा आधारित भएर हर्मोन रोग विशेषज्ञ डा. दीपक मल्लसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

डाइबेटिज पहिला उमेर बढ्दै जाँदा वा ४५ वर्ष कटेपछि देखिने समस्या भनेर बुझिन्थ्यो । तर अहिले युवाहरूमा पनि धेरै देखिएको छ, हामीले यसलाई कसरी बुझ्ने ?
डाइबेटिज भनेको मधुमेह हो । जब पिसाबबाट चिनीको मात्रा बग्दै जानु नै डाइबेटिज हो । यो दुई प्रकारको हुन्छ, टाइप १ र टाइप २ । टाइप १ भनेको शरीरमा इन्सुलिनको मात्र छर्दै छैन भने सुगर बढ्दै जान्छ । टाइप २ भनेको इन्सुलिन पनि छ तर इन्सुलिनले राम्रो सँग काम गर्न पाएन भने हुन्छ । अर्को गर्भावस्था मधुमेह भनेको पहिला थिएन तर गर्भ अवस्थामा देखिन्छ । पहिला वृद्धहरू हाम्रो ओपिडी मा आउँथेँ । तर अहिले २० देखि २२ वर्षका पनि धेरै आउँछन् । अहिले यस्तो बिरामी हामी काँहा विदेशबाट फर्केकाहरू आएका छन् । उनीहरूको उमेर ३० देखि ३५ वर्षको त्यहाँ उनीहरूलाई परिवार देखि टाढा भएर र तनाव भएर राम्रो खानपिन सुताई नभएको कारण आएका छन् ।

पछिल्लो समय जीवनशैलीले गर्दा पनि यो रोगको अवस्था परिवर्तन भएको हो ?
हो । इन्सुलिन नभएको र भएर पनि काम नगरेको यो नै कारण हो यो भनेको शरीर जति मोटो भन्यो त्यसले पनि यो हुन्छ । जीवनशैली पनि हामी काँही हिँड्दैनौँ । बाहिरका खानाहरू धेरै भए । अहिले अफिसमा काम गर्नेहरूलाई यो समस्या हुन्छ ।

गर्भावस्थामा भएको सुगरपछि आफै निको भएर जाने तर कतिपयलाई पछि देखिरहने पनि हुँदो रहेछ, यो किन हुन्छ ?
डाइबेटिज लाग्नु भन्दा अगाडिको अवस्थालाई हामी प्री डाइबेटिज भन्छौँ । हाम्रो उद्देश्य भनेको बिरामी प्री डाइबेटिज भएको अवस्थामा आएछ भने हामीले त्यसलाई त्यही रोक्ने हो । कसैको बाबा आमालाई डाइबेटिज छ भने हामी उसलाई स्क्रीनिंग गर्न पठाई हाल्छौँ । थाईराईड पनि यस्तै हो । नयाँ विवाहित जोडिलाई परिवारमा कसैलाई डाइबेटिज छ कि छैन भनेर हेर्नु होस् र २६ देखि २८ हप्ताको गर्भवती अवस्थामा शरीर मोटाउँदै गएको हुनाले र अरु हर्मनमा पनि परिवर्तन आएको हुनाले इन्सुलिनमा प्रतिरोध आउँछ । र, सुगर लेबल बढ्न सक्छ त्यो बेला हामीले बिरामीलाई उपचार गर्नु पर्दछ । औषधि दिएर शारीरिक व्यायाम गराएर उपचार गराउँछौँ ।

औषधि उपचार समयमा लिएर बच्चा भए पछि पनि सुगर लेबल नघट्ने कसरी हुन्छ ?
गर्भवती अवस्थामा हाम्रो नेपालमा शारीरिक व्यायाम धेरै कम छ । विदेश तिर व्यायामहरू सुइमिङहरु गराउँछ । तर नेपालमा सुत्केरी स्याहार गर्दा विभिन्न खानाहरू खुवाइन्छ त्यसले र बच्चालाई दूध खुवाउने हुँदा पनि सुगर लेबल बढ्न सक्छ ।

आफूलाई सुगरको सुरुवाती हुँदै छ भनेर कसरी थाहा पाउने ?
बिरामीले जहिले पनि आफूलाई के भयो भनेर जान्नु पर्दछ । मैले हेरको बिरामी १० वर्ष पछि आउँदा पनि आँखा,मिर्गौला,खुट्टा नसा र मुटु राम्रो हुनु पर्यो । प्रि डाइबेटिजमा स्क्रीनिंग गर्न आवश्यक छ । कसैको घरमा मामाघरमा कसैलाई डाइबेटिज छ भने ३० वर्ष भन्दा मुनि नै एक पटक स्क्रीनिंग मा जानु पर्दछ । अहिले स्क्रीनिंग एकदम सजिलो छ जता ततै ल्याबहरू छन् । एउटा अनियमित चिनी र एचबि १ सी भन्ने जाँच गर्दा हुन्छ त्यो पनि भएन भने पिसाब मात्र जाँच गर्दा पनि हुन्छ ।

सुरुवाती अवस्थामा अस्पताल गर्दा औषधि दिएर हुन्छ कि अरु उपायबाट नै कन्ट्रोलमा ल्याउन सकिन्छ ?
अहिले बिरामीहरु औषधि खाना हिचकिचाउनु हुन्छ । सुगर लेबल ३०० देखि ५०० सम्मको आउनु हुन्छ । हामीलाई चाहिले फास्टिङ १२६ भन्दा कम र पिपि १८० भन्दा कम चाहियो । बिरामी ढिलो आउँदा धेरै भैसकेको हुन्छ । र औषधि खानु पर्छ । आँखा बिग्रियो भने अन्धकार हुन्छ, मिर्गौला नै बिग्रियो भने डाईलोसिस्मा जानु पर्ने हुन्छ,ट्रान्सप्लान्टमा पनि जानु पर्दछ कसले दिने अर्को । त्यसैले समयमा नै ध्यान दिनु पर्याे ।

अहिले उपचार गर्न आउनेहरू धेरै कस्तो अवस्थामा आउनु हुन्छ ?
किताबमा डाइबेटिज भनेको मुख सुक्दै जाने, पानी प्यास लाग्ने भोक धेरै लाग्ने, दुब्लाउँदै जाने हुन्छ । तर कति बिरामी एक्कासि मिर्गौला फेल भयो कुनै लक्षण देखिएको छैन थाहा नै छैन बिरामीलाई । हामीले धेरै ख्याल गर्ने भनेको खुट्टा हेर्नु पर्दछ । खट्टामा फोहोर हुने चिलाउने आउँहरू आयो भने त्यो घाउ अरु ठाउँमा पनि सर्दै जान्छ र पछि गएर खुट्टा काट्नु पर्ने अवस्था पनि आउँछ ।

यो डाईबेटिजको औषधि कसरी खानुपर्छ ?
हाम्रो जीवन शैलीमा परिवर्तन गर्नु पर्दछ । शारीरिक व्यायाम दिनमा ४५ मिनेट र हप्तामा ५ दिन मज्जाले हिड्नु पर्दछ । समयमा उपचार गरेर औषधिहरू खानु पर्दछ । औषधि खाएर सुगर कम हुदै गयो भने हामीले औषधि घटाउँछौँ । पछि छोड्न पनि मिल्छ । तर डाक्टरको सल्लाह अनुसार मात्रै छाड्नुपर्छ ।

सुगर भयो भने कार्बोहाईडेड भएको खाना खानु हुँदैन, हो ?
कसैलाई डाईबेटिज छ भने ठिक्क खाने तर शारीरिक व्याम चाहिँ गर्नु पर्याे । जति खाइन्छ त्यति नै व्यायाम पनि गर्नु पर्दछ । यसको लागि परिवारको सर्पोट गर्नु पर्दछ । खानामा चामल कम अहिले बिरामीले चामल नखाने तर रोटी ६ वटा खान्छन् । हामीले बिहान ६,९ १२,३,६,९ बजे खानु भन्छौँ । त्यसले गर्दा सुगर कम हुर्दैन । फलफूलहरूमा आँप,अम्बा,खर्बुजाले सुगर लेबल बढाउँछ त्यो खाए पछि साग सब्जी सलाद सुप धेरै खाने । तरकारीहरूमा पनि झोलहरू बढी हालेर खाने । तरकारी धेरै खाने भात रोटीहरू कम खाने मैदाबाट बनेका खाना धेरै नखाने । मदिरा धूम्रपान नखाने गर्नुपर्छ ।

एउटा मधुमेह विशेषज्ञ भएको नाताले के सन्देश दिन चाहनु हुन्छ ?
हामीले स्कीनि स्क्रीनिंग गर्नु पर्दछ । परिवारमा कसैलाई छ भने आफू मा त्यो आउँछ त्यसैले सजक रहनु पर्दछ । दिनभरि कम गरेर परिवार सँग बस्दा आनन्द हुन्छ त्यसैले सुगर लेबल पनि कम हुन सक्छ । तनाव कम गर्ने खान पिनमा ध्यान गर्ने शारिरिक व्यायामहरू गर्नुपर्छ ।

२०७९ आश्विन २४, सोमबार ०९:१९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय