पाेखरा : नवौं राष्ट्रिय खेलकुद आजबाट सकिएको छ । पोखरा र गण्डकी प्रदेशका विभिन्न ८ जिल्लामा चलेको नवौं राष्ट्रिय खेलकुदको आज प्रधानमन्त्री शेर बहादुर देउवाले पोखरा रंगशालामा आयोजित भव्य समारोहकाबिच समापन गर्नुभयो ।

राष्ट्रिय खेलकुदमा यसपटक पनि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रथम भयो । आर्मिले १७२ स्वर्ण पदक जित्दा दोस्रो स्थानको सशस्त्र प्रहरीको एपिएफ टिमले ६५ तथा तेस्रो स्थानको नेपाल पुलिस क्लबले ६१ स्वर्ण पदक हात पारे । बागमती प्रदेशलाई पाँचौ स्थानमा धकेल्दै स्थानिय टोली गण्डकी प्रदेश यसपटक चौथो भयो । गण्डकीले ३२ स्वर्ण पदक जित्दा बागमतीले २४ स्वर्णमा चित्त बुझाउनुप¥यो ।

यसैबिच दशौं राष्ट्रिय खेलकुद दुई वर्षपछि कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले आगामि २०८१ साल मंसिर २ देखि ९ गतेसम्म सुर्खेतलाई केन्द्र बनाएर राष्ट्रिय खेलकुदको दशौं संस्करण आयोजना गर्ने निर्णय गरेको हो । राष्ट्रिय खेलकुद आयोजनामा प्रदेशलाई जिम्मेवार बनाउन यसपटक देखि राष्ट्रिय खेलकुदको झण्डा पनि प्रदेशलाई नैं हस्तान्तरण गरिएको छ ।

नवौं राष्ट्रियको समापन समारोहमा कर्णाली प्रदेशका सामाजिक विकाश मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीलाई राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गरिएको हो । यही मंसिर ६ र ७ गते मुगुको रारामा बस्ने राखेपको बोर्ड बैठकले निर्णय गरेपछि दशौं राष्ट्रिय खेलकुदको आधिकारिक लोगो र मस्कट सार्वजनिक गरिने बताईएको छ ।

२०७९ कार्तिक ४, शुक्रबार ०७:५२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय