काठमाडौं : डोटी केन्द्रविन्दु बनाई आएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घरहरू भत्किएका छन् ।

मृत्यु हुनेमा प्रेम बोहरा, सीता बोहरा, भगवती बोहरा, हर्क बोहरा, धनसरि बोहरा र तुल्छी बोहरा रहेका छन् । ५ जना घाइते रहेका र तिनीहरूको उपचारका लागि अस्पताल ल्याइएको छ ।

थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।यसअघि मंगलबार राति ९ बजेर ७ मिनेटमा दिपायल केन्द्रविन्दु बनाएर ४ दशमलव ८ म्याग्निच्युटको भूकम्प गएको थियो ।

२०७९ कार्तिक २३, बुधबार १२:१९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय