जनकपुरधाम : धनुषा क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार किशोरी साह कमललाई जिताउन नेकपा माओवादी र एमालेका दर्जनौं नेता कार्यकर्ता पार्टी छाडेरमा मैदानमा उत्रेका छन् । उनीहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न ।

शुक्रबार सबैला नगरपालिका वडा नम्बर १० स्थित खरिहानी र गेरुवाहीमा घरदैलोको क्रममा नेकपा एमाले र माओवादीका दर्जनौं नेता कार्यकर्ताहरु कमल ईमान्दार उम्मेदवार रहेको र अन्य उम्मेदवार भन्दा उत्तम र क्षमतावान रहेको भन्दै जनमत पार्टीमा प्रवेश गरेका हुन ।

प्रवेश गर्नेमा नेकपा एमाले र माओवादीका नेता रामदयाल यादव, प्रमोद यादव, निरज यादव सुरेन्द्र राय र रामएकवाल यादव, मनोज पजियार, प्रमोद ठाकुर, सदाम मन्सुर सहित दर्जनौं नेताकार्यकर्ताहरुलाई उम्मेदवार कमलले जनमत पार्टीमा स्वागत गरेका छन् ।

नव प्रवेशीहरुलाई जनमत पार्टीकी केन्द्रिय सचिव अनिता साह र प्रतिनिधि सभा सदस्यको उम्मेदवार कमलले संयुक्त रुपमा फुलमाला लगाएर पार्टीमा स्वागत गरेका थिए । उम्मेदवार साह प्रती दिनप्रतिदिन क्रेज बढदै गएको सबैला बजारका स्थानियवासीहरु बताउछन् ।

२०७९ कार्तिक २५, शुक्रबार २१:२८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय