
काठमाडौं : आई.एस.एम.टी कलेज काठमाडौंमा रोजगार मेला सम्पन्न भएको छ ।
कलेजमा पढिरहेका र पास गरेका बिद्यार्थीहरुका लागि रोजगारदातासंग सिधा सम्बन्ध स्थापना गर्न मद्दत गर्ने उद्देश्यले आई.एस.एम.टी कलेजले आइतबार एक दिने रोजगार मेला आयोजना गरेका थिए ।
कलेज परिसरमा आयोजना भएको रोजगार मेलामा १३ कम्पनी र ३०० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको कलेजका आइटी हेड शुभम ढुंगानाले बताइन् । मेलामा सहभागी कम्पनीहरुले आवेदकहरुको व्यक्तिगत अन्तर्वार्ता र बिबरणहरु संकलन गरि आफुलाई आबश्यक जनशक्ति चयनको प्रक्रिया शुरु गरेको आइटी हेड ढुंगानाले बताइन् ।
कलेजका बि.बि.ए प्रोग्राम हेड अनिश्मा आचार्यले मेला सहभागी विद्यार्थीहरु र रोजगारदाता कम्पनी दुबैलाई फलदायी भएको बताइन् । “सहभागी कम्पनीहरुल आफुलाई चाहिने जनशक्ति छनौटको प्रक्रिया शुरु गर्न पाए भने कलेज पढिरहेका र भर्खरै कलेज सकाएका बिद्यार्थीहरुले कर्पोरेट क्षेत्रमा काम कसरि हुन्छ नजिकबाट बुझ्न पाए,” आचार्यले बताइन् ।
कलेजमा बि.बि.ए अध्यनरत छात्रा रिया शाहीले आफुहरुलाई कलेजमै रोजगारी अवसर प्राप्त भएपछि आफुहरुलाई रोजगारीको लागि अन्तै नजानु पर्ने बताइन् ।
एकदिने मेलामा सुचना प्रबिधि (आइटी), फुड एण्ड बेभरेज, अटोमोबाइल, शिक्षा लगायतका क्षेत्रका कम्पनीहरुको सहभागी थिए ।