जनकपुरधाम : धनुषामा बञ्चरो प्रहारबाट एक जना महिलाको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरकी सिता यादवको बञ्चरो प्रहारबाट मृत्यु भएको हो । मृत्यु हुनेमा बीरेन्द्र यादवको २८ वर्षिय श्रीमति सिता यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आईतवार रात्रिकालिन समय ११ बजे धरिलो हतियार बञ्चरो प्रहार गरी हत्या गरिएको प्रहरीको भनाई छ । प्रहरी श्रोतका अनुसार बञ्चरोले मुखमा प्रहार गरी मारिएको छ । बञ्चरोको प्रहार भारी हुने र मुखमा प्रहार गर्दा क्षतविक्षत भएको अवस्थामा अस्पतालमा उपचार गराउन ल्याउदा प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछ ।

घरमा सुतिरहेको अवस्थामा परिवारका सदस्य वा कसैले बञ्चरो हानेको घटना बारे घटना स्थल पुगेर राति नै अनुसन्धान सुरु गरिएको प्रहरी उपरिक्षक बसन्त रजौरेले जानकारी दिए । उनले भने, ‘घटना स्थलमा प्रहरीको टोली परिचालन भैसकेको छ, अनुसन्धानका लागि मृतकका श्रीमान बीरेन्द्र यादवलाई नियन्त्रणमा लिएका छौं, अनुसन्धान हुदैछ ।’

बञ्चरो प्रहारपछि जनकपुरधाम स्थित काव्या हस्पिटलमा उपचार गराउन ल्याउँदा अस्पतालले मृत घोषित गरेको थियो ।

bancharo_nepalvani


२०७९ मंसिर २६, सोमबार १८:५२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय