फाइल फोटो/नेपालवाणी

काठमाडौं : भारतबाट डिजेल र पेट्रोलको मूल्य घटेर आएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले आयल निगमलाई शुक्रबार नयाँ मूल्य सूची पठाएको निगमका कार्यकारी निर्देशक इन्जिनियर उमेशप्रसाद थानीले जानकारी दिए ।

आईओसीले पठाएको मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ ९० पैसा, डिजेलमा १२ रूपैयाँ ३१ पैसा र हवाई इन्धनमा १० रूपैयाँ ६१ पैसा घटेर आएको छ ।

यसअघि मूल्य घटेर आउँदा पनि घाटा पूर्ति नभएको भन्दै निगमले मूल्य घटाएको छैन । इन्धनको मूल्य नघटाउँदा निगमलाई अब पेट्रोलमा प्रतिलिटर करिब २० रूपैयाँ र डिजेलमा करिब १३ रूपैयाँ नाफा छ ।

निगमका अनुसार आईओसीलाई करिब १३ अर्ब रूपैयाँ बक्यौता बुझाउन बाँकी छ । सरकारलाई बुझाउनुपर्ने ऋण रकम ७ अर्ब रूपैयाँ रहेको निगमले जनाएको छ ।

२०७९ पुष १, शुक्रबार २०:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय