बर्दिबास : आफूलाई नेपाल प्रहरीको ‘सिआइडी’ हौं भन्दै सर्वसाधारणलाई धम्क्याउँदै लुटपाट गर्ने समूहलाई महोत्तरीको बर्दिबासमा प्रहरीले पक्राउ गरी कार्वाही बढाएको छ । सर्लाहीको हरिओनका राहुल महतोलाई एक साताअघि प्रहरीको ‘सिआइडी’ हौं भन्दै धाकधम्की लगाई लुटपाट गर्ने छ जनालाई पक्राउ गरी अदालती प्रकृयाअनुसार कार्वाही बढाइएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको हो ।

आपूmलाई प्रहरीको ‘सिआइडी’ हौं भन्दै सर्वसाधारणलाई धम्क्याएर लुटपाट गर्ने समूहका बर्दिबास-१४ का २२ वर्षीय निरज साह, गुड्डू भनिने २२ वर्षीय पप्पु साह, २३ वर्षीय सन्दिप लामा, २० वर्षीय सनम लामा, बर्दिबास-१२ चल्कीटोलका शैलेन्द्र राउत र धनुषाको जनकपुरधाम उपमहानगरपालिका-७ जिरोमाइलका १९ वर्षीय दीपक राउतसहित छजनालाई पक्राउ गरी कार्वाही बढाइएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । पक्राउ परेका छ जनालाई नै हिजो मङ्गलबार महोत्तरी जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानको म्याद लिइएको इलाका प्रहरी कार्यालय बर्दिबासले आज बुधबार जनाएको छ ।

गत पुस २८ गते बिहीबारका दिन मध्यान्हकै समयमा पूर्वपश्चिम राजमार्गको बर्दिबास-४ माइस्थान वनक्षेत्रबाट सर्लाहीको हरिऔनका बासिन्दा राहुलले आपूmलाई घेरा हाली कब्जामा लिएर भित्री जङ्गलमा पुर्‍याएर प्रहरीका ‘सिआइडी’ हौं भन्नेहरुले मोटरसाइकल चोरीका घटनामा फसाइदिने धम्की दिदै निकोन-३५०० म् क्यामेरा, रेडमी मोवाइल, स्कृन टर्च , टुकटुके मोवाइल, हातमा बाँधेको घडी र चाँदीको ब्रासलेट एक/एक थान र नगद ७५ हजार लुटपाट गरेका जाहेरी दिएलगत्तै खोजी गर्दा आरोपीहरुलाई क्रमशः पक्राउ गरी हिजो अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । पक्राउ परेका हरुबाट लुटपाट गरिएका सामानमध्ये घडी, ब्रासलेट र नगदबाहेक सबै सामान बरामद भएको प्रनाउ रावलले जानकारी दिनुभयो ।

वनक्षेत्रमा कब्जामा लिइएका राहुललाई लुटपाट गर्नेहरुले मोटरसाइकल चोरी मुद्दामा नफसाउन थप २२ हजार घूस चाहिने भन्दै सो लिएर आइज भनेर घर फर्काएका थिए । राहुलले तत्काल इलाका प्रहरी कार्यालय बर्दिबास पुगेर घटनाबारे प्रहरीलाई जानकारी गराएपछि प्रहरीका ‘सिआइडी’ हौं भन्दै लुटपाट गर्नेहरुको खोजी गरेर क्रमशः एकपछि अर्कोलाई पक्राउ गरी कार्वाही प्रकृया अघि बढाइएको प्रनाउ रावलले बताउनुभयो ।

बर्दिबास नगरक्षेत्रमा यसअघि पनि प्रहरी हौं भन्दै सर्वसाधारणलाई ठग्ने घटना हुँदै आएका थिए ।

२०७९ माघ ४, बुधबार १९:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय