काठमाडौँ : फिल्म‘रङ्गेली ग्याङस्टर’ले बलियो लाइनअप बनाएको छ । हालै मात्र यो फिल्ममा अभिनेताद्वय दयाहाङ राई र प्रविण खतिवडाले अभिनयको सम्झौता गरेका छन् । फिल्मको मुख्य भूमिकामा अनुबन्ध भएको पुष्टि कार्यकारी निर्माता जितेन्द्र खतिवडाले गरे ।

खतिवडाले दुवै कलाकारले प्रमुख भूमिका निभाउने बताए । यसघि अभिनेत्री मिरुना मगर र अभिनेता अर्पण थापा पनि यो फिल्ममा प्रमुख भूमिकामा प्रवेश गरेका थिए । अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा फिल्म तयार हुनेछ ।

आगामी भदौ २० गतेबाट छायांकनमा निस्कन लागेको फिल्मका लागि बाँकी कलाकारहरु अडिसनबाट लिने तयारीमा निर्माण टिम छ । यसका लागि अडिसन आह्वान गरिएको छ । यही साउन २१ गते पूर्वाञ्चल इन्स्चिच्युट अफ फिल्म एन्ड टेलिभिजनमा फिल्मको अडिसन राखिएको छ । ग्याङस्टर कथावस्तुमा बन्न लागेको फिल्मको छायांकन पूर्वी मोरङको रङ्गेलीमा हुनेछ । यो फिल्मको कार्यकारी निर्मातामा अनोज जंग थापा पनि रहेका छन् ।

२०८० श्रावण १८, बिहीबार ०९:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय