धनुषा, असोज १८ : उत्तेजक अभिव्यक्ति दिएपछि पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवास रिहा भएका छन्।

मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ परेका श्रीनिवास बिहीबार ५ सय जरिवाना तिरेर रिहा भएका हुन्।

उनलाई धुनषा जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसुरमा सोज जरिवाना तिराएको हो। असोज १२ गते जनकपुरमा उत्तेजक अभिव्यक्ति दिएपछि उनीविरुद्ध उजुरी परेको थियो ।

श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको प्रहरी समक्ष स्वीकार गरेको प्रहरीले जनाएको छ। उनले आफू साधु भएको बताउँदै त्यतिबेलाको माहोलमा उत्तेजित भएर आवेशमा बोलेको बताएका छन्।

२०८० आश्विन १८, बिहीबार २२:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय