काठमाडौँ : सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले निर्वाचन आयोगले पद गएको भन्ने निर्णयको बदर गर्दै यस्तो आदेश दिएको हो ।

सर्वोच्चको आदेशसँगै मेयर साहको पद तत्काललाई जोगिएको छ । यस सम्बन्धमा १५ दिनभित्र निर्वाचन आयोगलाई लिखित जवाफ पेस गर्न पनि भनिएको छ ।

यस अघि नेकपा एमालेको सिफारिसमा निर्वाचन आयोगले प्रमुख रिना कुमारी साहको पद निलम्बन गरेको थियो ।


२०८० कार्तिक २५, शनिबार ०९:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय