
गोबिन्द महतो / जनकपुरधाम
मध्यरातमा धनुषाको नक्टाझिजमा पेस्तोल देखाएर डकैती भएको छ । धनुषाको मिथिला नगरपालिका २ नक्टाझिज स्थित स्थानीय रामकेवल महतोकाmे घरमा डाकाहरुको एक् समुहले लुटपाट गरेको हो । डाकाको समुहले घरको पछाडिबाट प्रवेश गर्दै नलकटुवा पेस्तोल देखाएर लुटपाट गररेको प्रहरीले जनाएको छ ।
रात्रिकालिन १२ बजेको समयमा आएको डाकाको पाँच जनाको समुहले हातहतियार सहित प्रवेश गरेर पेस्तोल तस्र्याएर नगद, सुनचाँदीको गरगहनाहरु लुटेरका स्थानीय पत्रकार विनोद कुमार महतोले जानकारी दिए । प्रतिकार गर्न खोज्दा पेस्तोल देखाएर ठोकी दिन्छु भन्दै मोबाईल फोन, श्रीमतीको मंगलसुत्र लुछदै घरमा रहेको दराज तथा पेटी फुटाएर नगद सहित लुटपाट गरेको हो ।
डाकाको समुहले नगद रु ५० हजार डेढ तोला सुन, ३० तोला चाँदी र ३ सेट मोबाईल फोन लुटेर लगेको हो । घटनाको बेलामा १ बजे स्थानीय ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले खोजतलास गरिरहेको र घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ ।
लुटपाट भएका महतोले धनतेरशको दिन (हिजो) बैंक एटिएमबाट निकालेर ल्याएको ३० हजार रकम समेत लुटेर लुटेराहरुले लगेको महतोको भनाई छ ।