
ममता अर्याल,
बर्दिबास : साङ्गितिक क्षेत्रमा हलचल र उर्जा भर्दै आएको नेपाल आइडल सञ्चालक टिम बर्दिबासमा सम्मानित भएका छन् ।
‘नेपाल आइडल—५’ का लागि कलाकारको अडिसन (कला, गायन परीक्षण) लिन महोत्तरीको बर्दिबास आएको सञ्चालक टिमलाई बर्दिबास उद्योग वाणिज्य सङ्घले आज शनिबार साँझ स्थानीय विनायक होटलमा आयोजित विशेष समारोहबीच सम्मानित गरेको हो । सम्मानपत्र सङ्घका अध्यक्ष विष्णु खड्काले नेपाल आइडल सञ्चालक एपि वन टेलिभिजनका निर्देशक सुरेश पौडेललाई प्रदान गर्नुभयो ।
सम्मानपत्रमा नेपाल आइडल सञ्चालनले पूरै मधेश प्रदेशमा रहेका संगीत अनुरागीले राम्रो मञ्च पाएका उल्लेख छ । बर्दिबासमा अडिसन आयोजन गरेर यस क्षेत्रको परिचय विस्तारमा महत्वपूणर् योगदानको कदर गर्दै सम्मानित गरिएको सङ्घका अध्यक्ष खड्काले स्पष्ट पार्नुभयो ।
समारोहमा नेपाल आइडल सञ्चालक सुरेश पौडेलले सम्मानले आपूmहरुलाई कामप्रति उत्साहित गराएको बताउनुभयो । सो अवसरमा वरिष्ट संगीतकार न्यू बज्राचार्य र गीतकार तथा संगीतकार कालीप्रसाद बासकोटाले आइडल आयोजनले मुलुकका कुनाकन्तरामा रहेका प्रतिभाले प्रष्फुटन हुने मौका पाउने आपूmहरुले अपेक्षा राखेको उल्लेख गर्नुभयो । कार्यक्रममा नायिका तथा गायिका रिमा विश्वकर्मासहितका अडिसन निणर्ायक टिमका सदस्यको उपस्थिति रह्यो ।
बर्दिबासमा शुक्रबार सम्पन्न अडिसनमा यसभेगका ७० भन्दा संगीत प्रेमीले सहभागिता जनाएका छन् । जसमा २० को हाराहारीका सहभागीले राम्रो प्रस्तुति गरेका बुझिएको छ ।