जनकपुरधाम ३० जेठ।नवौँ आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको बुधबार बिहान हुन लागेको नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । अधिक वर्षाका कारण टस समेत हुन नसकि खेल रद्द भएको आइसीसीले जनाएको छ ।

खेल रद्द भएसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् । अब, नेपालले वेष्ट इन्डिजमा दक्षिण अफ्रिका र बंगलोदशविरुद्ध खेल्नेछ । अमेरिकाका फलोरिडाको सेन्ट्रल ब्रोबार्ड रिजनल पार्क रंगशालामा नेपालले पहिलोपटक श्रीलंकाको सिनियर टोलीविरुद्ध प्रतिस्पर्धा गर्न लागेको थियो ।

नेपालसमक्ष टेस्ट राष्ट्रलाई हराउने अवसर थियो । यो खेल नेपाली समयअनुसार बिहान ५:१५ बजे सुरु हुने कार्यतालिका थियो ।  समूह ‘डी’बाट सुपर ८ को आशा जीवित राख्न दुवै टोलीलाई जित आवश्यक थियो ।

नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो । श्रीलंकाले खेलेका दुईवटै खेल गुमाएको थियो । पहिलो खेलमा श्रीलंका दक्षिण अफ्रिकाबाट ६ विकेटले पराजित भएको थियो । अर्को खेलमा बंगलादेशले श्रीलंकामाथि दुई विकेटको जित निकालेको थियो ।

२०८१ जेष्ठ ३०, बुधबार ०७:५०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय