नेपालवाणी डटकम

ढल्केवर, धनुषा । “कमाऔँ, बचाऔँ र बचतसँगै लगानी गर्न पनि सिकौँ” मुल नारा सहित बटेश्वर युवा सञ्जालको आयोजनामा आधारभूत शेयर बजार तालिम सम्पन्न भएको छ । बटेश्वरमा पहिलो पटक आयोजना गरिएको तालिममा ४५ जना सहभागी भए ।

तालिममा शेयर बजारका आधारभूत अवधारणा, शेयर किनबेच प्रक्रिया, लगानीका अवसर तथा जोखिम र जिम्मेवार लगानी लगायत विषयमा जानकारी प्रदान गरिएको थियो । सहभागीहरूलाई शेयर बजार बुझेर सुरक्षित तथा जिम्मेवार रूपमा लगानी गर्ने आधारभूत ज्ञान प्रदान गर्नु तालिमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

तालिमको सहजीकरण दिपशिखा स्टक ब्रोकर नं. ३८, लहान शाखाका शाखा प्रबन्धक शिवानन्द चौधरीले गर्नुभएको थियो । बटेश्वरका स्थानीय बासिन्दालाई आर्थिक तथा वित्तीय रूपमा सक्षम बनाउने उद्देश्यले कमाउने, बचाउने र बचतसँगै लगानी गर्ने संस्कार विकास गर्न तालिम आयोजना गरिएको आयोजक बटेश्वर युवा सञ्जालका प्रतिनिधि सरोज कुमार महतोले बताए ।


२०८३ श्रावण २३, शनिबार १७:५९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय