जनकपुरधाम : धनुषामा टिपरको ठक्करबाट टेम्पो चालकको ज्यान गएको छ । ज्यान जानेमा टेम्पो चालक महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. १ बस्ने विर बहादुर तामाङ्ग रहेको प्रहरीले जनाएको छ ।

शनिबार साँझ ६ बजे पूर्वपश्चिम राजमार्गम अन्तर्गत मिथिला नगरपालिका ८ बडहरी बजार नजिक पश्चिमबाट पूर्व जाँदै गरेको ना ८ ख ७२२२ नम्बरको टिपरले बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २०३००१ स ५४७५ नम्बरको टेम्पोलाई ठक्कर दिइएको हो ।

ठक्करबाट टेम्पो चालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कार्कीले जानकारी दिए ।

टिपर र टेम्पोलाई प्रहरीले नियन्त्रणमा लिएको र शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइ घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । FIle Photo

२०७७ फाल्गुन २९, शनिबार २२:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय