
सिरहा : सिराहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ ।
आइतबार दिउँसो करिब पौने १ बजेतिर भएको बम विष्फोटनमा परी आधार दर्जन मानिस घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलापा प्रहरी कार्यालयका प्रमुख डीएसपी डा. तपन दाहालले जानकारी दिए ।
उनका अनुसार आधा दर्जन घाइते भएको भनिएपनि घाइते भएकाको संख्या अझै यकिन भइसकेको छैन ।
विष्फोटपछि भएको आगलागीका कारण कार्यालयका कागजात जलेका छन् । प्रहरीका अनुसार विष्फोट भएको बम कुकर बन हुनसक्ने प्रहरीको अनुमान छ । आगो निभाउन लहान नगरपालिकाका वारुण यन्त्र घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।