महोत्तरी : मिथिला क्षेत्रको पौराणीक एवं ऐतिहासिक १५ दिने वृह माध्यमिकी परिक्रमावासीलाई जलेश्वरमा भव्य स्वागतको तयारि गरिएको छ । स्वंर्गिय परशुराम साह मिथिला परिक्रमा जलेश्वर तथा जनकपुरधाम स्थिगत श्री रामजानकी मन्दिर धर्म संस्थाले वुधबार जलेश्वर आई पुग्ने परिक्रमामा सहभागिहरुको स्वागतको भव्य तयारी पुरा गरेको जनाएको छ ।

स्वंर्गिय परशुराम साह मिथिला परिक्रमा जलेश्वर तथा जनकपुरधाम स्थिगत श्री रामजानकी मन्दिर धर्म संस्थाले सोमबार जलेश्वर ६ स्थित संस्थाको धर्मशालामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रत्येक वर्ष झै यस वर्ष पनि खानपान र वासको समुचित व्यवस्था तथा भव्य तथा सभ्य ढंगले स्वागतको तयारी पुरा भएको जनाएको छ ।

उक्त धर्म संस्थाकी अध्यक्ष मुनि देवीले पत्येक वर्ष आफनो संस्थाले परिक्रमाका सहभागिहरुको वसोवास र खानपानको उचित व्यवस्था गरेर झै यस वर्ष पनि सोको तयारी गरिएको जानकारी गराएकी छिन । चामल ३५ क्विन्टल , दाल २ क्विन्टल , च्युरा १० क्विन्टल , पिठो १ क्विन्टल , आल ७ क्विन्टल , दही एक सय ५० किलो ,चिनि , घयु , दुध ,मसला , खाने तेल , दाउरा , ओछनको लागि पराल लगायतको सामग्रीको व्यवस्था गरिएको अध्यक्ष मुनि देवीले बताएकी छिन ।

यसका साथै परिक्रमाको लावा लस्करलाई बुधबार जलेश्वरको भार्गवसर बाट नै बाजागाजका साथ स्वागत गरिने उनले बताएकी छिन ।
मंगलबार परिक्रमाको महोत्तरीमा पहिलो वास स्थल मटिहानी बाट जलेश्वर आउने क्रममा स्थानियहरुले भारीकुट्टीमा पुगि अतिथि सत्कार गरिने उनले जनाएकी छिन ।

बुधबा रात्रि विश्राम पश्चात विहिबार विहान परम्परा देखि चलि आएको विधि विधान अनुरुप परिक्रमा वासीलाई फेरि पोहर साल आउन निम्ता दिदैं विदाई गरिने उनले बताएकी छिन । धनुषाको कचुरीस्थित मिथिलाविहारी मठबाट निस्केको मिथिलाविहारीको डोला र जनकपुरको अग्नी कुण्डबाट डोलाको नेतृत्वमा आएका हजारौं परिक्रमाका यात्रुहरु भारतको हनुमान नगर ,कल्याणेश्वर , फुलहर र मटिहानी हुदै पाँचौ दिनको दिनको वासको लागि महोत्तरीको जलेश्वर आइ पुग्ने छ ।

नेपाल भारत दुवै मुलुकका धार्मिक संस्कृत एवं पारस्परिक सदभावको प्रतिक वनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्राम स्थलमा रात्रि विश्राम गर्ने प्रचलन रहि आएको छ । मिथिला महात्म अनुसार अठारौं सताब्दी देखि माध्यमीकि परिक्रमा मनाईदैं आएको र यस धर्मयात्राका सहयात्रिले रात्रि भजन किर्तन गरि १५ दिन विताउने गर्दछन् ।

विश्वकै सर्वाधिक लामो समय सम्म चल्ने धार्मिक यात्रा परिक्रमाका यात्रुहरु भारतको कलना , फुलहर , महोत्तरीको मटिहानी ,जलेश्वर,मडै ,ध्रुवकुण्ड, कञ्चनवन हुदैं धनुषाको पर्वता धनुषाधाम , सतोषर , औरहीमा एक एक रात विश्राम गरि  परिक्रमा को अघिल्लो रात जनकपुर आईपुग्छन र पूणर्िमा विहान जनकपुरको अन्तगृह परिक्रमा गरि होलि खेलि १५ दिवसीय यात्रा सम्मपन्न गरिन्छ ।

सुख समृद्धि मानसिक शान्ति तथा चारधामको दर्शन गरे बराबरको फल प्राप्ती हुने विश्वास व्यक्त गर्दै यस धर्म यात्राका यात्रुहरुले नेपालको १ सय ७ तथा भारतको २६ गरी १ सय ३३ किलोमिटर भुमिको पैदल यात्रा गर्ने मान्यता रहेको छ ।

प्राचिन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा निमाणर् गरिएका कल्याणेश्वर , जलेश्वर , क्षिरेश्वर र सप्तेश्वर शिवालयलाई आधार मानि यो परिक्रमा यात्रा शुरु गरिएको हो । यात्रामा नेपाल भारतका हजारौं साद्युसन्त महन्थ र गृहस्थहरुको सहभागिता रहेको छ । माध्यमिकी परिक्रमा यात्रुहरुको सुरक्षा व्यवस्थालाई मध्य नजरराखी व्यपाक रुपमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।  टुडे एक्सप्रेसबाट , दृश्य : महेश कुमार दास, महोत्तरी

२०७७ चैत्र ३, मंगलवार १७:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय