महोत्तरी :  जता हेर्‍यौं उत्तै खाल्डै खाल्डो , ढलबाट निस्केको फोहर पानिले सडक जलमग्न छ , सोहि सडक भएर आउ जाउ गर्नेहरु खाल्डाखुल्डीमा जमेको ढलको फोहर पानिवाट निस्ने सहनै नसक्ने दुर्गन्धका कारण नाम मुख छोपेर हिडनु पर्ने अवस्था छ । यस्तै केहि दिन अरु सडकमा पानि जमि रहयो भने सडक बाट निस्कने दुर्गन्धको कारण घर भित्र वसि सक्न मुस्लिक पर्ने अवस्था छ । तर विडम्वना तै चुप मै चुप । हो यो र यस्ता दृश्य जलेश्वर नगरपालिको मुल सडकको हो ।

एडिवी परियोजना अन्तर्गत जलेश्वर नगर भित्र सडक निर्माण गर्ने ठेक्का पाएका ठेकेदार कम्पनिले मनलागि काम गर्न थालेपछि जलेश्वर वस स्टैण्डबाट महेन्द्र चौक जाने सडकको यो हविगत हुन पुगेको छ । मन लागे खाल्डो खन्ने मन नलागे काम रोकेर वस्ने , कहिले कुन अवधिमा काम गर्ने हो र कुन अवधिमा काम सक्ने हो कुनै अतोपत्तो नहुँदा स्थानियहरु सास्ती खेप्न बाध्य छन ।

मिथिला क्षेत्रको पौराणीक एवं ऐतिहासिक मिथिला परिक्रमा समेत वुधवार जलेश्वर आउँदै छन । उनीहरु पनि त्यहि ढलबाट निस्केको फोहर पानि जमेकै खाल्डो छिचोल्लदै धार्मिक यात्रा गर्ने अवस्था हेरेर स्थानियहरुलाई दया लागेर आउँछन । तर सम्बन्धित निकाय मौन छन ।
अन्यत्र परिक्रमा आउँदा सरसफाई भोजन , वासको व्यवस्था गरिन्छ तर जलेश्वरमा उनीहरुको आवतजावत गर्ने मुख्य सडकलाई मर्मत सम्भार गरेर हिँडने लायकको वनाउन समेत कसैले चासोे नराखेकोमा स्थानिय आक्रोशित भएको देखिन्छ ।

जलेश्वरको मुल सडक वारे यहाँको जनप्रतिनिधि पनि चुई शब्द समेत वोल्दैनन , स्थानियले जलेश्वर नगरपालिकाको वडा नं. २ को वडा अध्यक्ष वरुण दहाललाई पटक पटक यस वारे ध्यानाकर्षण गराए पनि काम हुन्छ कुरा गर्दै छु भन्नु वाहेक केहि गर्न सकेको छैनन् ।
म एक्लै ले के गर्न सक्छु , मैले सक्ने जति त गरेकै छुँ । ’ वडा अध्यक्ष वरुण दहालले भने ठेकेदारलाइ हामीले भन्याहो तर उनीहरुले गर्दिएन भने हामी के गर्न सक्छौं । वडा अध्यक्ष दहालको यो भनाईले पनि काम गर्ने ठेक्का पाएका ठेकेदारले जनप्रतिनिधिलाई समेत टेरपुच्छर नलाएको महसुस भएको स्थानियहरु वताउँछन ।

जलेश्वर वर्तमान अवस्थामा अलपत्रमा रहेको स्थानिय समेत रहेका जलेश्वर उद्योग वाणिज्य संघका महासचिव शिवचन्द्र चौधरीले गुनासो गरेको छ ।
यस नगरको कोही न वुवा छ न आमा छ ,न रखवाला नै छन , सवै लुटतन्त्रमा लागेका छन ।’ उवासंघ महासचिव चौधरीले भने ॅ स्थानिय प्रशासनदेखि जनप्रतिनिधि सवै आ—आफनै सेटिंगमा व्यस्त भएको र जनता प्रति उदारता देखाएको छैन ।’
एडिवि परियोजना अन्तर्गत सडकको काम गर्ने ठेक्का पाएका ठेकेदार हिरा भगत पनि आफुलाई प्रधानमन्त्री सरह नै ठान्न थालेको चौधरीले आक्रोश पोख्दै भने ॅ एडिवि जस्तो प्रख्यात प्रोजेक्ट शुरु गर्दा ठेकेदार भगतले हामी स्थानिय वासिन्दा सामु धेरै वाचा गरेका थिए तर ति वाचा मध्य एउटा पनि पुरा गरेनन् । ’

ठेकेदारले समयमै सडक वनाउनुको साटो नगर भित्रको सडकबाट आफनो अन्य प्रोजेक्टलाई फाइदा पुग्ने मनसायले सडकको माटो कटान गरेर समेत लगेको उनको आरोप छ ।
जउवासंघ जलेश्वरका महासचिव चौधरीले ठेकेदारले २५ प्रतिशत तुरुन्त पेमेन्ट आउने कामलाई प्राथमिकतामा राखेर यस सडकलाई यस्तो दुर्दशामा पुर्‍याएको बताएको छ ।  टुडे एक्सप्रेस दैनिकबाट

२०७७ चैत्र ४, बुधबार ०९:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय