
कोहलपुर : कोहलपुर प्रहरीले एक थान दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला, एक थान भालुको पित्त, एक थान कस्तुरीको बीनासहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दैलेख चामुण्डा नगरपालिका- २ का चीनबहादुर थामी, कैलाली घोडाघोडीका रन्तबहादुर खत्री र जाजरकोट नलगाड नगरपालिकाका- १ का खले बिक छन् ।
उनीहरूलाई कोहपुर प्रहरीले विशेष सूचनाको आधारमा बाँकेको वैजनाथ गाउँपालिकाबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालले जानकारी दिए ।
वन्यजन्तु तस्करीको सूचना पाएपछि खनाल आफैँ फिल्डमा खटिएका थिए । यसअघि पनि कोहलपुर प्रहरीले पटक-पटक वन्यजन्तुको तस्करी गर्ने समूहलाई पक्राउ गर्दै आएको छ ।