Mithila-Parikrama-madhymik-parikrama-15 dine parikrama-nepalvani

जनकपुरधाम : मिथिला माध्यामिकी परीक्रमाको आज नवौं दिन परिक्रमा यात्रीहरु  धनुषाको पर्वता प्रवेश गर्ने क्रम सुरु भएको हो ।

नवौं दिनको विश्रामस्थल पर्वता रहेको हो । यहाँ हनुमानजीको विहाल मन्दिर छ । पर्वता पुग्नुपूर्व भक्तजनहरुले हरिहरपुर स्थित श्री क्षीरेश्वरनाथ महादेव स्थानमा पूजा अर्चना गर्छन् ।

१५ दिने परिक्रमामा जनकपुरको हनुमानगढीबाट कल्याणेश्वर हुँदै औपचारिक सुरु भएर फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षिरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), अउढी, करुणा, बिसौल र फेरि कल्याणेश्वर हुँदै फागुपूर्णिमाको दिन जनकपुर फर्कन्छ र नगरको पाँचकोसे अन्तर्गृह परिक्रमा गरी समाप्त हुन्छ ।

हजारौं श्रद्धालु भक्तजनको भीडले १५ दिनसम्मको एउटा धार्मिक अभियानमा हिंडिरहेको यो १५ दिने परिक्रमाले जनकपुरधामलाई धार्मिक पर्यटनस्थलको रूपमा प्रसिद्धि गराएको छ ।

 

२०७७ चैत्र ८, आईतवार १०:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय