महोत्तरी : महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर-५ स्थित सहोडवाबाट बेपत्ता पारिएका झा दम्पती घटनामा ४ सातापछि प्रहरीले ४ जना अभियुक्तलाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आईतबार पत्रकार सम्मेलनको आयोजना गरी ती वृद्ध दम्पतिको अपहरणमा संलग्न रहेको आरोपमा ४ जनालाई सार्वजनिक गरेको हो ।

प्रहरीले दम्पति अपहरणमा संलग्न रहेको आरोपमा पिपरा गाउँपालिका वडा नम्बर-५ सहोडवाका ५२ वर्षीय रामबाबु यादव, उनका २६ वर्षीय छोरा सुरेन्द्र यादव, कान्छो छोरो २४ वर्षीय राजेन्द्र यादव र भारत मधुवनी जिल्ला मधवापुरका ५० वर्षीय हरेन्द्र ठाकुरलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले बेपत्ता भएका दम्पतीको अवस्था सार्वजनिक गर्न नसकेपछि सीआइबीले अनुसन्धान थालेको २ दिन नबित्दै चारै जनालाई घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरी सार्वजनिक गरिएको छ ।

यद्यपि दम्पतिको अवस्था र उनीहरु जीवित रहे/नरहेको विषयमा अहिलेसम्म केही स्पष्ट हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिएका छन् ।

गत फागुन १० गते महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई घरमै सुतीरहेको अवस्थामा ओछ्यान सहित बेपत्ता पारिएको थियो ।

२०७७ चैत्र ८, आईतवार २१:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय