सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिकास्थित अटोबाट १५ किलो लागुऔषध गाँजासहित तीनजना पक्राउ परेका छन् ।

विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले लालबन्दी नगरपालिका १७ स्थित रानीगन्जबाट ज१ह ४६०९ नं.को अटोमा सवार तीन जनालाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा स्थानीय अटो चालक ४५ वर्षीय पुस्पबहादुर फुयाँल, ४० वर्षीय सुरेन्ऽकुमार बल र वडानम्बर १४ निवासी ४१ वर्षीय पाल्साङ पाखि्रङ छन् ।

अटोमा राखिएको तीनवटा जेब्रा झोलाभित्र १५ किलो गाँजा बरामद भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । उनका अनुसार पक्राउ परेका बलको साथबाट नगद २५ हजारसमेत बरामद भएको छ ।

अटो, गाँजासहित तीनैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

२०७७ चैत्र ९, सोमबार ०५:५०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय