motorcycle-salahi-nepalvani

सर्लाही : जिल्ला प्रहरी कार्यालय सर्लाहीले चोरी गरेको मोटरसाइकल सहित एक जनालाई पक्राउ गरेको छ । बुधबार सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न.१० स्थित टावर चौक नजिक रामबाबु राउतको घर अगाडीबाट चोरी भएको ना १ प २१४८ नम्बरको एफ जेड मोटरसाईकल प्रहरीले चोरसहित फेला पारेको छ ।

प्रहरीले बुधबार दिउँसो करिब १ बजे तिर राउतको घर अगाडीबाट मोटरसाइकल चोरी भएको खवर पाउन साथ जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको प्रहरी टोलीले मलंगवा नपा वडा न(४ बाट मलंगवा ९ बस्ने मो।सदाम हुसेनलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवरले बताए ।

चोरीको अरोपमा पक्राउ गरिएका हुसेनलाई जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाको हिरासतमा राखि अनुसंधान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ । सदरमुकाम मलंगवामा दैनिक मोटरसाइकल चोरीको घटनामा वृद्धि भएको देखिन्छ ।

२०७७ चैत्र २६, बिहीबार १८:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय