सिरहा : सिरहाको लहान नगरपालिका २३ मा सुनचाँदी व्यवसायीको गोली हानी हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लहान नगरपालिका ७ का रामकृष्ण चौधरी छन् । पक्राउ परेका एक व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेका छैन । चौधरी भाग्दै गरेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ । अर्का व्यक्ति शंकास्पद रहेकाले पक्राउ गरिएको र अनुसन्धान भइरहेकाले पहिचान गोप्य राखिएको प्रहरीको भनाई छ ।

वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल गरेका लहान नगरपालिका २२ का ४० वर्षीय प्रदिप विश्वकर्माको हत्या गरिएको छ । लुटपाट गर्न आएकाहरुले उनको हत्या र उनका श्रीमतीमाथि खुकुरी प्रहार गरी गम्भिर घाईते बनाइएको छ ।

घाईते उनका श्रीमतीको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

२०७७ चैत्र २९, आईतवार ०६:२९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय