जनकपुरधाम : जनकपुरधाम उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा व्यापक धाँधलीको प्रसस्त प्रमाणहरु फोला पर्न थालेको छ । गत चैत २८ गते भएको मतदान सम्पन्न भएपछि निर्वाचन समितिले मतदानमा कुल मत ४३ सय ११ खसेको जानकारी गराएको थियो । सोहि आधारमा जनकपुरधाम सहित देशका विभिन्न सञ्चार माध्यमले समाचार सम्प्रेशन समेत गरेको देखिन्छ ।

जिल्लाको प्रशासनिक निकायले पनि आफुहरुलाई समेत सोहि परिमाणमा मत खसेको जानकारी गराइएको बताइरहेको अवस्थामा निर्वाचन समितिकै मत परिणामलाई आधार मान्दा अतिरिक्त सैयौं मत खसेको देखिन्छ । वरिष्ठ उपाध्यक्ष पदमा विजेता घोषणा गरिएका मनिष रमन साहले २१९५ मत पाएको र उपविजेता भनिएका सुरेन्द्र भण्डारीले २१५० मत पाएको देखाइएको छ भने ५४ मत बदर भएको भनिएको छ ।

सो तिनवटै मत परिणामको योगफल कुल संख्या ४३ सय ९९ हुन जान्छ । यस्को मतलव अतिरिक्त ८९ मतपत्र वरिष्ठ उपाध्यक्ष पदमै देखिन्छ । यस्ता विभिन्न कारणले चुनावमा धाँधली भएको भन्दै वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी सुरेन्द्र भण्डारी न्याय खोज्दै प्रहरी प्रशासन र उदालत गुहारेका छन् ।

आज पत्रकार सम्मेलनको आयोजना गरि भण्डारीले आफु जिल्ला अदालत हुदै न्याय नपाए स्र्वोच्च अदालत सम्म पुग्ने बताएका छन् । व्यापारी जगतले आफुलाई जिताइसकेको अवस्थामा आतिएर केहि शक्तिसंग निर्वाचन समिति मिलेर आफुलाई उपविजेता घोषणा गरिएको उनको आरोप छ ।

यस्तो छ भण्डारीको धाँधलीको भएको दावीका आधार

निर्वाचन समितिका संयोजक सन्तोष साह विजेता भनिएका उम्मेदवारको सहोदर भाई रहेकाले धाँधलीमा संलग्नता रहेको पुष्टी हुन्छ ।

कुल खसेको मत भन्दा सैयौ मतपत्र अतिरिक्त देखिएकाले मतदान पश्चात मतपत्र मत पेटिकामा थपिएको स्पष्ट हुन्छ ।

मतपत्रमा निर्वाचन अधिकृतको बास्तिवक हस्ताक्षर हुनु पर्नेमा कम्पयुटरमा स्कानिङ्ग गरिएको हस्ताक्षर रहेकाले मतपत्र वाहिरवाट थपिएको स्पष्ट हुन्छ ।

निर्वाचन समितिका सदस्यहरु समेत निर्वाचन समितिको पछिल्लो गतिविधि संकाष्पद रहेको भन्दै समाजिका सञ्जालमै व्यक्तब्य दिन थालेकाले समेत निर्वाचन धाँधली पुर्ण रहेको प्रमाणित हुन्छ ।

भण्डारी भन्छन, ‘म चुनाव जितेको छु, व्यापारीहरुले मलाई चुनाव जिताएको हुनाले म यो कृत्रिम हार स्वीकार गर्ने कुरै छैन, म पसल पसल पुगेर जनतालाई धन्यवाद दिन्छु र मेरो न्याय खोजीको यात्रामा सघाउन अपिल गर्नेछु ।’

२०७७ चैत्र ३०, सोमबार २२:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय