सर्लाही : सर्लाही टाइगर समाज सेवा टिम मलेशिया द्वारा सर्लाहीको एक पिडित लाई उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
छतमा मोबाइल चलाउने क्रममा लडेर गम्भीर घाइते भएका चन्द्रनगर गाउँपालिका–६ कामधका मनोज कापडका १४ बर्षका छोरा रुपेस कापडलाई उपचारका लागि नगद २० हजार १० रुपैया सहयोग गरेको हो ।

११ दिन अघि छिमेकीको घरमा वाईफाइ चलाउने क्रममा रुपेसको दुबै खुट्टा भाचेर सिकिस्त भएका उनलाई सर्लाही टाइगर सेवा समाज मलेसिया परिवारको अगुवाईमा दाताबाट सहयोग संकलन गरेर प्रदान गरिएको हो।

संकलित रकम जनकपुर स्थित गोदाबरी अस्पतालमा एक कार्यक्रम बिच रेडियो मलंगवाका अध्यक्ष एवं सर्लाही टाइगर समाजका सदस्य सरोज यादवले घाइते परिवारलाई रकम हस्तान्तरण गरेका छन्।

पुर्ण रुपमा निको नभए सम्म सर्लाही टाइगर समाजले सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन् । उपचाररत अस्पताल डाक्टरले समेत बालकलाई सहयोग छुट उपचार गर्ने अध्यक्ष यादवले आग्रह समेत गरे। सहयोग रकम पाए पिडित परिवारलाई केही राहत भएका छन् भने सर्लाही टाइगर समाजलाई धन्यवाद दिए ।

२०७८ बैशाख १, बुधबार ११:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय