झापा : भिसाबिना नेपाल छिर्न खोज्ने दुई चिनियाँ नागरिक नेपाल-भारत दशगजा क्षेत्रबाट पक्राउ परेका छन्।

झापाको नकलबन्दा प्रवेश गर्न लागेका दुई चिनियाँ नागरिकलाई दशगजा क्षेत्रबाट भारतीय एसएसबीले शुक्रवार दिउँसो पक्राउ गरेको हो।

उनीहरूलाई नेपाल प्रवेशका लागि सहजिकरण गरेको अभियोगमा एक भारतीय नागरिक पनि एसएसबीको नियन्त्रणमा छन् ।

चेन जिफ़ा, डिङ शोउ शेंग र भारतीय नागरिक मोहम्मद हनिफलाई एसएसबीको ८औँ बटालियनको मुख्यालय कम्पनी बदामिनीराम जोतको टोलीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरूका साथबाट दुई हजार चार सय नेपाली रुपैयाँ, एक हजार भारतीय रुपैयाँ, ९० अमेरिकन डलर र ७४ एएफ ४२८३ नम्बरको एउटा मोटरसाइकल बरामद गरेको छ।

उनीहरूलाई नक्सालवारी प्रहरीको जिम्मा लगाइएको जनाइएको छ।

२०७८ बैशाख ४, शनिबार ११:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय