मलेसिया : जहिले पनि नेपालको लागि, जहाँ पनि नेपालीको लागी मुल नाराका साथ स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली समाज (I.N.S. ) मलेसियाको आयोजनामा हिजो may १ तारिक सनिवार ” १३२औ अन्तर्राष्ट्रिय श्रमिक दिबस ” को अवसरमा जुम भर्चुअलको माध्यम बाट शुभकामना आदानप्रदान कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाका अध्यक्ष राजु तामाङको सभापतित्वमा सम्पन्न भएको छ।

यश शुभकामना आदानप्रदान कार्यक्रमको, प्रमुख अतिथिमा – नेपाली राजदुतावास मलेसियाका उपनियोग प्रमुख(DCM) – मोति बहादुर श्रीश मगर त्यसै गरि बिशिस्ट अतिथिमा -अन्तर्राष्ट्रिय नेपाली समाज केन्द्रीय अध्यक्ष – अर्जुन घिमिरे ,नेपाल आदिवासी जनजाति महासं, मलेसियाका अध्यक्ष – बिपिन राई, गैर आवासिय नेपाली संघ, मलेसियाका महासचिव – हेपराज सापकोटा रहनुभयको उक्त कार्यक्रमको अतिथिहरुमा – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, मलेसियाका अध्यक्ष – दिप सुनाखरी मगर,सुदूरपश्चिमेली नेपाली समाज, मलेसियाका अध्यक्ष – तुलाराम धामी, पिएनसिसि मलेसियाका संयोजक – मछिन्द्रनाथ चापागाइ , दलित संजाल, मलेसियाका संयोजक नेपाल तामाङ घेदुङ, मलेसियाका अध्यक्ष – गजत दोङ तामाङ , नेपाल मगर संघ, मलेसियाका अध्यक्ष- पुस्मिता ठाडा मगर, किराँत राई यायोक्खा मलेसियाका अध्यक्ष – युवराज साम्पाङ राई, तमु समाज, मलेसियाका अध्यक्ष – समीर गुरुङ, किराँत याक्थुमचुम्लुङ मलेसियाका अध्यक्ष – दिल केरुङ लिम्बु , हेल्प मधेसि मलेसिया को उपाध्यक्ष – सुरेन्द्र महतो , थारु समाज मलेसियाका अध्यक्ष नेपाल कलाकार संघ, मलेसियाका अध्यक्ष ,मेचीमहाकाली सेवा समाज, मलेसियाका अध्यक्ष , हातेमालो सेवा समाज मलेसियाका अध्यक्ष – पुरुशोतम कार्की ढोली, ओखलढुंगे सेवा समाज, मलेसियाका अध्यक्ष – हिरालाल दयालदोलखाली सेवा समाजको अध्यक्ष , मलेसियाका अध्यक्ष – रमेश बस्नेत , काभ्रे काल्याणकारी सेवा समाज, मलेसियाका अध्यक्ष, इलामेली सेवासमा, मलेसियाका अध्यक्ष, असल छिमेकी मलेसियाका अध्यक्ष , रोल्पाली सेवासमाज मलेसियाका अध्यक्ष ,बागलुङ सेवा समाज मलेसियाका अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली समाज, मलेसियाका सल्लाहकार डा हुम गुरुङ,संकर पौडेल संरक्षक ईश्वर राई लगायत अन्य पदाधिकारी तथा नेपाली दिदिबहिनी दाजुभाइ हरु उपस्थित हुनु भएको थियो।

कार्यक्रम मा समाजको तर्फबाट स्वागत मन्तव्य समाजका उपाध्यक्ष बिक्रम याख्खा ज्युले राख्नु भयको थियो भने राजेश राई ज्युले स्वागत गित प्रस्तुत गर्नुभयको थियो भने कार्यक्रममा प्रमुख अथिती मोति बहादुर श्रीस मगर , बिशिस्ट अथितिहरु अर्जुन घिमिरे, हेमराज सापकोटा , बिपिन राई लगायय अथितिहरु सुरेन्द्र महतो , सिनाम तामाङ, जगत दोङ तामाङ , ईश्वर राई तथा टेकबहादुर बुढाले शुभकामना मनतब्य राख्नु भयको थियो

उक्त कार्यक्रममा राजेश राई , तारादेबि राई,प्रेम संगीत बि. सि ले गित प्रस्तुत गर्नुभयो थियो भने सुरेन्द्र महतो , बिक्रम याख्खा , टुकेन्द्र थुलुङ पौरखी, पुस्प बहादुर रानाले कबिता बाचन गर्नु भयको थियो भने साहित्य कर्मी राजु क्षेत्रि “अपुरो” ले “लघुकथा” राख्नुभयको थियो

कार्यक्रममा प्रमुख अथिती समेत रहनु भयका नेपालाली राजदुतावास मलेसियामाका उपनियोग प्रमुख मोति बहादुर श्रीस मगरले शुभकामना मनतब्य राख्नु हुँदै नेपाली श्रमिक हरुको समस्या समाधानमा मलेसियामा रहेका नेपाली संघ सस्थाहरुले सहयोग पुर्याउदै आयको र भाबि दिनहरुमा पनि अझ धेरै श्रमिक हरु कहाँ पुगेर समयमै समस्या समाधान तथा उद्दार गर्न सहजताको लागि सम्पुर्ण सस्थाको पदाधिकारी हरुलाइ राजदुतावासको सम्पर्कमा रहनुका साथै अबैध रुपमा काम नगर्न समेत आग्रह गर्नुभयको थियो

कार्यक्रमम शुभकामना मन्तव्यकै क्रममा बिशिस्ट अथिती समेत रहनुभयका अन्तर्राष्ट्रिय नेपाली समाजका केन्द्रिय अध्यक्ष अर्जुन घिमिरेले कार्यक्रममा आउन पाउँदा निकै खुसी लागेको र अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाले राम्रो कामहरुको थालनी गरेको भाबी दिनहरुमा पनि अझ राम्रो गर्दै जानेमा बिस्वस्त रहेको श्रमिकका विषयमा कहिले देखि कसरी भयौ भन्ने बिसयमा प्रस्ट पार्नु भयको थियो ।

कार्यक्रममा मन्तव्यकै क्रममा समाजका संरक्षक समेत रहनुभयका ईश्वर राई ले May महिना मै मलेशिया मा श्रमिक राहत को स्थापने गर्ने कुरामा हाम्रो समाजले राजदुतावास तथा भिबिन्न संघ सस्थाहरु सितको समन्वय अगाडि बढाइयको जानकारी दिनु भयो साथै हाल मलेसियामा 50/60 बढि संघ संस्था हरु क्रीयासिल रहेका छन र भोलि को दिनमा सबै संघ संस्था हरु एक आपसमा आपसी सदभाब कायम गरि हातमा हाथ मिलाई श्रमिक हरुको हकहितमा काम गर्ने र कुनै पनि समस्या आएमा राजदुतावास सङ्ग सहकार्य गरि यथासिघ्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भयो।

नेपाली राजदुतावास मलेसिया , अन्तर्राष्ट्रिय नेपाली समा , लगायत बिभिन्न संघ सस्थाहरु र पेशा संङ्ग सम्बन्धित तथा स्थानिय ब्यक्तिहरुको उपस्थिति समेत रहेको उक्त कार्यक्रमको सहजीकरण समाजका बरिस्ठ उपाध्यक्ष समीर मल्लले गर्नुभयको कार्यक्रम सभ्य अनि भब्यताका साथ समपन्न भयको र कार्यक्रममा उपस्थित भैइ कार्यक्रमलाई सफल पार्न सहयोग गर्नु हुने सम्पुर्णलाई धन्यवाद दिदै यस्ता कार्यक्रमलाई अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाले निरन्तरता दिइरहने समाजका अध्यक्ष राजु तामाङले जानकारी गराउनु भयो ।


२०७८ बैशाख १९, आईतवार ०८:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय