काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि अस्पतालले शैया लुकाए कारबाही गर्ने चेतावनी दिएका छन् । आज देशवासीका नाममा सम्बोधन गर्दै उनले शैया लुकाए कारबाही गरिने चेतावनी दिएका हुन् ।

‘अस्पतालमा शैया लुकाए कारबाही गरिनेछ,’ प्रधानमन्त्री ओलीले भने । उनले ठूला र निजी अस्पतालहरुलाई कोभिड अस्पताल बनाइने समेत बताए ।

ओलीले सबै सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्ध शैया र तीमध्ये प्रयोग भएका वा नभएका शैयाको दैनिक विवरण अद्यावधिक गर्ने र त्यस विवरण तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाउनु पर्ने बताए ।

कतिपय अस्पतालहरुले शैया लुकाइरहेको विषय आइरहँदा प्रधानमन्त्री ओलीको पछिल्लो भनाई सार्वजनिक भएको हो ।

२०७८ बैशाख २०, सोमबार १७:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय