जनकपुरधाम : महोत्तरीको लोहारपट्टी नगरपालिका भ्रमरपुराको बिभिन्न स्थानहरुमा लागू पदार्थ दुव्र्यसन सम्बन्धी सडक नाटक प्रस्तुत गरिएको छ । जिल्लाको लोहारपट्टी नगरपालिका वडा नं. ७ भ्रमरपुरा बजार क्षेत्रको बिभिन्न स्थानमा ‘लागु औषध दुव्र्यसन तथा अपराध नियन्त्रण’ सम्बन्धी जनचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको हो ।

नाटकको माध्यमबाट नेपाल भारत खुल्ला सिमानाका कारण विगतका वर्षमा केही विद्यालयहरुमा लागुऔषध प्रयोग गर्ने, विद्यालयमा आएर नियमित पढिरहेको विद्यार्थी दुर्वसनीमा फसेको साथै विद्यालय र विद्यार्थी पढाईमा परेको असरमा नाटक केन्द्रित रहेको थियो । केहि विद्यार्थीहरु गाँजा जस्तो लागु पर्दाथमा फसेकोले उनीहरुलाई लागु पदार्थको सेवनले उनीहरुको चेतना अभिवृद्धि र मनोभावना हुने अपराधिक मानसिकतालाई नाटकीय शैलीमा प्रस्तुत गरिएको थियो ।

नियमित पढने विद्यार्थीहरु पनि लागुपदार्थको दलदलमा फसेर परेको असर, विद्यालयको वातावरणमा पर्ने खल्बलिकरण, लागु पदार्थको प्रयोगले शारीरिक, मानसिक, सामाजिक, आर्थिक लगायत सबै कुरामा हानी नै पुर्‍याउँने अवस्थालाई चित्रण गरिएको वडा अध्यक्ष गणेश ठाकुरले बताए ।

नाटकको प्रस्तुतीकरण पछि वडा नं. ७ का अध्यक्ष ठाकुरले भने, ‘समाजमा भएका विकृति विसंगतीहरुलाई हटाउन अवारनेसको कार्यक्रमहरु गर्दै जाँडरक्सी सेवनको कारण हुने घरेलु हिँसा तथा अपराधिकरणलाई शसक्त माध्यबाट उठान गरिनु सुखद थियो ।

लागुपर्दाथले चाहिँ मानिसको शारिरिक मानसिक सामाजिक हरेक कुरालाई असर पुराइरहेको हुन्छ । अहिलेको सन्र्दभमा हेर्ने हो भने अहिलेको टिनएजको बच्चाहरु २० भन्दा तल र १६ भन्दा माथीका बच्चाहरु चाहिँ धेरै फसीरहेको देखिन्छ के कारणले भन्दा खेरी पारिवारिक समस्या घरमा सधै बाबा आमाको झैझगडा भइराख्यो भने बच्चाहरुलाई ठूलो तनाव पुग्न जान्छ ।

सडक नाटक हेर्न आएका समुदायका व्यक्तिहरुले साथीसँग संगत भइसके छि साथीले एक पेक खाइदिम्न भन्छ, अर्कोले एक चोटी तान्दिम्न भन्छ त्यसरी नै गाँजाहरु खाना समाजमा सुरु हुने बताए । स्थानीय भोला यादवले भने, ‘हामीले जन्म दिएर मात्र हाम्रो कर्तव्य पूरा हँुदैन । हामी बुवा आमा भइसकेपछि बालबालिकाको अधिकार केहो बालबालिकाको भविष्यको लागी के गर्न सकिन्छ त्यो सोच्नु पर्छ । हामी बाबा आमा भईसकेपछि हामीले हाम्रो भूमिका पनि पूरा गर्नूृपर्छ ।’


२०७८ बैशाख २०, सोमबार २१:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय