जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले महिनौं देखि कोरोना दोश्रो लहरको पर्याप्त तयारी भएको दाबी गरेपनि अस्पतालमा बिरामीलाई शैया पाउन मुस्किल छ । विश्वव्यापी कोरोना महामारीको तयारीमा प्रदेश सरकारको हप्तैपिच्छे बैठक छलफल गरेर कोरोनाको तयारीमा कुनै कसर बाँकी नराख्ने भनेपनि प्रादेशिक कोभिड अस्पताल लथालिङ्ग अवस्थामा छ ।

प्रदेश सरकारले संक्रमितको सम्पुणर् खर्च प्रदेश सरकारले व्यहोर्ने भनेपनि संक्रमितको खाना, खाजा, पानी लगायतको खर्च संक्रमितले आफै जुटाउनु परेको प्रशासन कर्मचारी लालबाबु अन्सारीले बताए । उनले भने, ‘प्रदेश सरकारले केही दिएको छैन, हामीसंग आफै बजेट पनि छैन, कसरी संक्रमितलाई खाना, खाजा खुवाउने ?’

प्रदेश २ सरकारले प्रादेशिक अस्पतालमा भर्ना बिरामीलाई खाना खुवाउन नसकेपछि सहयोगी हातहरुहरुलाई खाना, खाजाको व्यवस्थापन गर्न सार्वजनिक रुपमै आव्हान गरेको छ । प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रमोद कुमार यादवको आव्हानपछि मारवाडी युवा मञ्चले कोभिड बिरामीलाई निःशुल्क खाना खुवाउने जिम्मेवारी लिएको छ ।

यसैगरी महोत्तरीको जिल्ला अस्पतालले समेत मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पत्र लेखेर चिकित्सक देखि पुरानो बाँकी बक्यौता तलव र क्वारेन्टाईन आईसोलेशनको उपयुक्त प्रबन्ध गरिदिन अनुरोध गरेको छ । पत्रमा भनिएको छ, ‘सेकेडण्री लेवेलको कोभिड अस्पतालको लागि मन्त्रीपरिषद्बाट भएको निणर्य समेत कार्यान्वयन भएको छैन, महामारीमा बिकराल स्थिति सृजना भएपनि उपकरण र दक्ष जनशक्तिको अभावमा सेवा दिन असमर्थ छौं ।’

कोभिड अस्पताल व्यवस्थापन गर्न आवश्यक जनशक्ति, उपकरण र आवश्यक औषधि आपूर्ती गर्ने भनिए पनि कार्यान्वयन भएको छैन् । प्रदेश सरकारले ८ वटै जिल्लाको अस्पतालहरुको लागि कर्मचारी, चिकित्सक भर्ना प्रक्रिया अगाडी बढाए पनि कार्यान्वयन फित्तलो छ । चिकित्सकको दरबन्दी लामो समयदेखि रिक्त रहेको प्रादेशिक अस्पतालका प्रमुख प्रमोद कुमार यादवले जानकारी दिए ।

कोरोनाको पहिलो चरणमै जनकपुरधाम १४ मुजेलिया स्थित मणिपाल अस्पताललाई विशेष कोभिड अस्पताल बनाउने कुरा वर्षदिन देखि चलेपनि अझै अन्योलता कायमै छ । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि ८ वटै जिल्लामा मन्त्रीलाई फोकल पर्सन बनाए तयारीमा जुटेको भने पनि मन्त्रीहरु बिकासे काम गर्न/गराउन भ्याई नभ्याई छ । कोभिडको तयारी भने शुन्य छ ।

Jaleswar aspatal

 

२०७८ बैशाख २९, बुधबार १९:२९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय