चितवन : चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
बिहीबार निकुन्जको कोर इलाका दक्षिणी भूभागमा पर्ने बगाई माडी सेक्टर अन्तर्गत इच्छ्यानगर भन्ने स्थानमा हात्तीले आक्रमण गर्दा पर्सा जिल्ला ठोरी गाउपालिका २ का ६० वर्षीय गोविन्द बहादुर राउतको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
राउत निकुन्जमा च्याउ टिप्न जादा हत्तिसंग जम्काभेट भएको हुनसक्ने आँकलन गरिएको छ ।
राउत सँगै चालु आर्थिक वर्ष २०७७÷७८ को हालसम्म निन्कुन्ज र यसको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु भएको अधिकारीले जानकारी दिनुभयो । ती मध्ये ३ वटा घटना हात्तीले आक्रमण गर्दा भएको छ ।
त्यस्तै बाघ र गैँडाको आक्रमणबाट ३÷३ जनाको मृत्यु भएको छ । गौरी गाईबाट १ र बँदेलको आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।