रौतहट : रौतहटमा पनि कोरोना भाइरसको संक्रमणबाट एक स्वास्थ्य चौकी प्रमुखकै निधन भएको छ । माधवनारायण नगरपालिकाको गढो स्वास्थ्य चौकीका प्रमुख फेकन ठाकुरको निधन भएको हो ।

कोरोना पुष्टि भएपछि ४८ वर्षीय ठाकुर बीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा शुक्रवार राति नै उनको निधन भएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

यसअघि बृन्दाबन घर भएका हेल्थ असिस्टेन्ट रवी यादवको पनि तराई अस्पताल वीरगञ्जमै उपचारको क्रममा मृत्यू भएको थियो । कोरोनाको दोस्रो लहर खतरनाक रहेकाले स्वास्थ्यकर्मीको पनि ज्यान जान थालेको छ ।

२०७८ जेष्ठ १, शनिबार १६:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय